२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानको बाङ्गेसालमा आँखा शिविर सम्पन्न

४ पुष २०७२, शनिबार ११:२९

सन्तोषकुमार गुप्ता/ पुस ४, भालुवाङ्ग । प्यूठानको बाङ्गेसालमा दुई दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । नमुना बाङ्गेसाल गाविस, बाङ्गेसाल स्वास्थ्य चौकी र जनमुखी सामुदायिक विकास केन्द्र बाङ्गेसालको संयुक्त आयोजना एवम् नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल अन्र्तगत लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरमा ५ सय ५० जनाले आँखा परिक्षण गराएका छन् । जसमा ५५ जना मोतियाबिन्दुको शल्याक्रिया गरिएको र बाँकी ४ सय ९५ जनाको समान्य उपचार गरिएको लमही आँखा अस्पतालकी नेत्र बिशेषज्ञ डा. जेनु सैंजुले जानकारी दिईन् । शिविरमा मोतियाबिन्दु, मासु पलाएको, आँखा चिलाउने, टाउको दुख्ने, टाढा नदेख्ने, नजिकको नदेख्ने लगायतका समस्या देखिएको डा. सैंजुले बताईन् ।
aakha sibir
शिविरमा प्यूठानको बाङ्गेसाल, ढुङ्गेगढी, हंसपुर, त्रिराम, मर्कावाङ्ग, ढुवाङ्ग, पकला गाविस, अर्घाखाँची जिल्लाको जलुके, सिद्धधारा गाविस, दाङ्गको लालमटिया, हाँसीपुर गाविस र रोल्पा जिल्लाका आँखा बिरामीहरु आएको जनमुखी सामुदायिक विकास केन्दका अध्यक्ष प्रकाश आचार्यले जानकारी दिए । शिविरमा नेत्र बिशेषज्ञ डा. जेनु सैंजुको नेतृत्वमा दृष्टी बिशेषज्ञ मदन चौधरी, नेत्र सहायक बिनिका श्रेष्ठ, आँखा प्राविधिक शान्ती चौधरी, हरिराम चौधरी, टेकबहादुर चौधरी, ममता चौधरी, रिता चौधरी, जिवन थापा, छेदुराम चौधरी र राकेश गुप्ता लगायतको टोली सहभागी रहेको थियो ।

जनमुखी सामुदायिक विकास केन्दका अध्यक्ष प्रकाश आचार्यको अध्यक्षता एवम् नेत्र बिशेषज्ञ डा. जेनु सैंजुको प्रमुख आतिथ्यमा भएको शिविर समापन कार्यक्रममा बोलने बक्ताहरुले आँखा मानव जीवनको महत्वपूर्ण अङ्ग भएकोले यस्तो शिविर जिल्लाका बिकट गाविसहरुमा पनि सञ्चालन गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा नमुना बाङ्गेसाल गाविसका लेखापाल यामबहादुर राईमाझी, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानका सदस्य बासदेव नकर्मी, सरस्वती उच्च माविका प्रचार्य द्रोण अधिकारी, पत्रकारद्धय सन्तोषकुमार गुप्ता, बिदुर एमसी र केन्द्रका संरक्षक टंकप्रसाद सुनार लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
eye sibir
कार्यक्रमको सञ्चालन केन्द्रका बसन्त घिमिरेले गरेका थिए । राप्ती आँखा स्वास्थ्य कार्यक्रम अनर्तगत सन् २०२० सम्ममा राप्ती अञ्चलमा रहेको अन्धोपनलाई शुन्यमा झार्ने उद्देश्यले राप्ती अञ्चलका दाङ्ग देउखुरी, प्यूठान, रोल्पा रुकुम, सल्यान र छिमिकी जिल्ला कपिलबस्तुका विभिन्न स्थानहरुमा निशुल्क आँखा शिविर सञ्चालन गदै आएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव