२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाबाट हतियार र लागूऔषधसहित दुई जना पक्राउ

२५ आश्विन २०७५, बिहीबार ०५:३९

असोज २५, झापा | झापाको मेचीनगरस्थित काँकडाभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताउनुभयो । 

“भारतीय डब्यूबी १७४२७००१ नं को बोलेरो गाडीमा जाँच गर्दा लागूऔषध भेटियो”, उहाँले भन्नुभयो, “नियन्त्रणमा लिएकामध्ये लिम्बूमाथि शङ्का लागेपछि उनको घरमा जाँच गर्दा हतियार, विस्फोटक पदार्थसहित अन्य सामग्री फेला पर्यो ।” 

आर्मी कलरको कम्ब्याट दुई थान, सङ्घीय लिम्बूवान राज्यपरिषद् लेखिएको सम्मानपत्र, प्रशिक्षण कदरपत्र, सोही परिषद्को आर्थिक सहयोग सम्बन्धमा लेखिएको पत्र, विभिन्न प्रकारका स्ट्याम्प छाप, प्याड, पञ्चिङ मेसिनलगायतका कागजात, बाला सुब्बा, सीताराम आङ्देम्बे नामबाट बनाएको दुई थान नागरिकता, दलबहादुर थापा, बाला सुब्बा र बुद्धमान लिम्बूको नामको सवारी चालक अनुमतिपत्र र दुई थान मोबाइल फोनलगायत अन्य सामग्री लिम्बूको घरबाट बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा