2026-08-25 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दशैको मुखमा खोटाङको याम्खामा बल्यो विजुली

चिसाङ शेर्पा | खोटाङ २५, असोज | खोटाङको याम्खामा साविक दुई वडामा विधुत विस्तार गरिएको छ । वर्षौदेखी अध्याँरोमा वस्दै आएका स्थानीय वासिन्दालाई उज्यालो दिलाउनका निम्ति केन्द्रिय प्रसारण लाईनको विधुत विस्तार गरिएको हो ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको साविक वडा नम्बर ६ मोहोरिया र साविक वडा नम्बर ८ पोखरे–जामुनेको आधा भूभगामा विधुत विस्तार गरिएपछि मोहोरिया–पोखरे–जामुने विद्युत विस्तार आयोजनाको बुधबार दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले उद्घाटन गरेका छन् ।

गाउँपालिकाको आर्थिक वर्ष २०७४÷०७५ को १२ लाख ५० हजार वजेट र नेपाल विधुत प्राधिकरण वितरण केन्द्र दिक्तेलको सहयोगमा बलेको विजुलीले ७५ घरधुरी लाभान्वि भएका छन् । 

विधुत विस्तार गर्न प्राधिकरणले हाईटेन्सन लाईनका लागि २४, एलटी लाईनका लागि २९ वटा पोल, ६ हजार मिटर तार र ट्रान्सफर्मर उपलब्ध गराएको विधुत विस्तार उपसमिति अध्यक्ष सुष्मा श्रेष्ठ मगरले जानकारी दिईन् । दशैको मुखमा विजुली वत्ती वलेपछि स्थानीय हर्षित भएका छन् ।

सोही वजेटमा याम्खा साविकको वडा नम्बर ७ खमारेमा पनि विजुली वत्ती वल्ने भएको छ । त्यहाँका ४५ घरधुरीले हाउस वायरिङ गर्दै गरेकाले बत्ती वल्नमा केही ढिला भएको गाउँपालिका प्रमुख राईले बताए । त्यहाँको लागि राखिएको ट्रान्सफर्मर भने चार्ज भएर वाल्नका लागि तयारी राखिएको छ । यससँगै याम्खाको साविक वडा नम्बर ५ लिलिमा र साविक वडा नम्बर ८ खामडाँडामा विजुली वल्न बाँकी रहनेछ । त्यहाँ तिहारपछि विधुत बालिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सप्तेश्वर छितापोखरीमा विजुली बत्ती नबलेका स्थानमा भने तिहार अघि नै विजुली बत्ती बल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन