2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

दशैँ नजिकिएसँगै जोखिमपूर्ण यात्रा गर्दै यात्रु

असोज २५, गाईघाट | बडादशैँ नजिकिएसँगै सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रमा सञ्चालन हुने ठूला तथा साना यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्न थालेका छन् । सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण ज्यान जोखिमको डर रहेको छ । 

गाईघाटदेखि साउने, खाँबु, रौता, मुर्कुची, नेपालटार, गाईघाट सल्ले तथा फोक्सिङटारसम्म सञ्चालित अधिकांश सवारीसाधनले जबर्जस्ती क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका खाबुका हेमप्रसाद भट्टराईले बताउनुभयो । गाईघाटदेखि पूर्वी क्षेत्रको बेल्टार, रामपुर ठोक्सिलातर्फ सञ्चालन हुने सवारीसाधनले पनि छतमा समेत यात्रु बोक्ने गरेको पाइएको छ । “कोचीकोची यात्रु हाल्ने गरेका छन्, छतमा समेत यात्रु चढाउँदा दुर्घटनाको खतरा बढेको छ,” रौता भुटारका कृष्ण ठकुरीले भन्नुभयो । 

जिल्लाका अधिकांश सडक कच्ची रहेका छन् । वर्षाका कारण भत्किएका सडक मर्मत नहुँदा दुर्घटनाको खतरा छ । सवारीसाधनभित्र र छतमासमेत क्षमताभन्दा बढी यात्रु राख्दा ज्यान जोखिमको डर छ । “छतभरी समेत यात्रु राख्ने गरिएको छ,” ठकुरीले भन्नुभयो । चालक देवेन्द्र मगर चाडपर्वको समयमा यात्रुको चाप बढी हुँदा समस्या हुने गरेको बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई