Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कपुरकोटमा दाङका २ समूहविच दोहोरी प्रतिष्पर्धा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २७, सल्यान । सामुदायीक रेडियो कप लोक दोहोरी प्रतियोगीता तथा सोरठी र पैसरु नृत्य सम्मेलन सल्यानको कपुरकोटमा शुरु भएको छ । शनिबार कपुरकोट गाउापालिकाका अध्यक्ष भिम बहादुर सेनले कपुरकोट सास्कृतीक फेस्टीबलको उद्घाटन गरेका हुन् । रेडियो कपुरकोट सल्यान र राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान सल्यानको आयोजनामा भएको कार्यक्रममा १० वटा समूहले दोहोरीमा प्रतिष्पर्धा गर्नेछन् ।

शनिबार रेडियो हाम्रो पहुँच तुलसिपुर दाङ र रेडियो हापुरे दाङको विचमा प्रतिष्पर्धा भएको लोक तथा दोहोरी गित प्रतिष्ठान सल्यानका अध्यक्ष यम थापाले जानकारि दिएका छन् । यस्तै शनिबार कपुरकोट ५ को सोरठी र पैसरु नृत्य, कपुरकोट २ को सोरठी नृत्य र कपुरकोट ३ को लहरे नृत्य प्रस्तुत भएको उनले जनाए । प्रत्येक नृत्य समूहलाइ नगद पाँच पाँच हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।

आइतबार समापन हुने कार्यक्रममा दोहोरी प्रतियोगीताको लागी वरिष्ठ बाध्यवाधक तथा गायक खर्क बहादुर बुढा, प्रेम प्रकाश मल्ल र प्रेम विवश घर्ती निर्णायकको रुपमा रहेका छन् । प्रतियोगीतामा सुर्खेत, रोल्पा, दाङ लगाएतका जिल्लाबाट सहभागीता छ ।