2026-08-25 11:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

५९ दरबन्दीमा नौ जना कर्मचारी

असोज २८, इलाम | माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् । नगरमा दरबन्दीको एक तिहाइ कर्मचारी मात्र कार्यरत रहँदा कार्यालय समयमा काम नहुने, पटक–पटक नगरपालिका धाउनुपर्ने समस्या पर्ने गरेको छ । 

कर्मचारी अभावपछि पशु प्राविधिकले समेत वडा सचिवको कार्यभार सम्हाल्दैछन् । नगर प्रमुख दीपककुमार थेवेका अनुसार नगरमा तीन वटा वडामा सब ओभरसियरले काम गरेका छन् । नगरका अरू वडामा समेत वडा सचिव नहुँदा कतै एउटै कर्मचारीले धेरैतिर सम्हाल्नुपर्ने छ भने कतै महिला विकासका कर्मचारीले वडा सचिवको काम गर्नुपर्ने स्थिति छ । 

“कर्मचारी एकदमै अभाव भएपछि एउटै कर्मचारीले तीनतिर काम गर्दै हुनुहुन्छ । नगरको वडा नं ९, १० र नगरपालिकामा समेत एकैजना कर्मचारीले काम गर्नुपर्ने अवस्था छ”, नगर उपप्रमुख विष्णुमाया रिमालले भन्नुभयो, “नगरपालिकासित कर्मचारी राख्ने स्थानीय स्रोत पनि छैन । धेरैतिर कर्मचारी माग पनि ग¥यौँ तर कतैबाट पहल भएन ।” रिमालका अनुसार कार्यालयमा दरबन्दीभन्दा एक चौथाइ कम मात्र स्थायी दरबन्दीका कर्मचारी मात्र नगरमा छन् । नगरपालिकामै पनि ५९ को दरबन्दीमा नौ मात्र स्थायी दरबन्दीका कर्मचारी कार्यरत छन् । रिजालका अनुसार कार्यालयमा प्रशासनमा एक, महिला चार र लेखा कार्यालयमा दुई कर्मचारी छन् । नगरपालिकामा दुई अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ । 

नगर प्रमुख थेवेका अनुसार प्रमुख प्रशासकीय अधिकृतसमेत नहुँदा लेखा अधिकृतले नै प्रमुख प्रशासकीय कर्मचारीको कार्यभार सम्हाल्नु परेको छ । थेवेले नगरपालिकाको आर्थिक, प्रशासनिक कार्य, योजना सञ्चालन र सेवाप्रवाहमा समेत समस्या भएको छ भन्नुभयो । “हामीले केही समयअघि मात्र ११ कार्यालय सहयोगी नियुक्ति गरेका छौँ,” उहाँले भन्नुभयो, “त्योभन्दा बढी चाहिँ कर्मचारी थप्ने स्रोत छैन ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन