2026-08-31 11:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा सवारी दुर्घटना: एकको मृत्यु, सात घाइते

असोज २९, काठमाडौं | जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको केन्द्रीय बस टर्मिनलमा गएराति दुई मोटरसाइकल एक आपसमा ठक्कँर खाँदा एक मोटरसाइकल चालकको मृत्यु भएको हो। 

मृत्यु हुनेमा ना १५ प २०८२ को मोटरसाईकल चालक भरतपुर महानगरपालिका–१४ शिवनगर बस्ने ३५ वर्षीय सन्तबहादुर ताम्राकार रहेका छन्। सोही मोटरसाइकलसँग ठक्कर खाएको ना ५० प ७५२९ नं को चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उपचारको क्रममा ताम्राकारको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। पूर्व–पश्चिम राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ।

यसैगरी पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ फिस्लीङ्मा बस दुर्घटना हुँदा चार घाइते भएका छन्। प्रहरीका अनुसार लमजुङ्बाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७०५ नं को बस राजमार्गबाट करीब ७० मिटर तल त्रिशूली नदी किनारमा खसेको छ।

गएराति करीब १२ बजे दुर्घटना भएको हो। घाइतेमध्ये एकको अवस्था गम्भीर छ। सबैको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ। त्यस्तै इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको ना ५ ख २३७८ नं को ट्रक पछाडि लु ४१ प ४८०७ नं को मोटरसाइकल ठोक्किँदा दुईजना घाइते भएका छन्।

घाइते हुनेमा मोटरसाइकलमा सवार गुल्मी अर्खलेका २९ वर्षीय प्रवीण खत्री र २० वर्षीया आयुशा खत्री रहेको प्रहरीले जनाएको छ। गम्भीर अवस्थामा उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटना गएराति ९ः१५ बजे भएको हो। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला