२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चाडपर्व लक्षित मिर्चया बजार अनुगमन, व्यापारी सटर बन्द गरी कसे टाप

३० आश्विन २०७५, मंगलवार ०६:२८

राम नारायण पंडित | असोज ३०, सिरहा | चाडपर्वलाई लक्षित गर्दै सिरहाको मिर्चैया बजारलाई अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकिय अधिकृत लेखनाथ खतिबडाको नेतृत्बमा रहेको अनुगमन टोलीले नेपालीहरुको महान चाड बिजया दशमी, तिहार र छठलाई लक्षित गर्दै मिर्चैयाका किराना पसल र होटलमा सोमबार अनुगमन गरेका छन् ।  

विशेष गरेर चाडपर्वको अवसरमा अखाद्य वस्तु बिक्री हुने, तोकिएको मूल्यभन्दा बढी मूल्य लिने र म्याद गुज्रेका समानहरु बेच्ने जस्ता क्रियाकलापबाट उपभोक्ता मारमा पर्ने गरेको यथार्थलाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकिय अधिकृत तथा अनुगमन टोलीका प्रमुख खतिबडाले बताए । अनुगमनको क्रममा पसलहरुमा मुल्यसुचि नराखिएको, होटलहरु फोहोर देखिएको र केहि म्याद गुज्रेका समानहरु फेला परेकाले पहिलो पटक संचालकहरुलाई सचेत गराइ छाडिएको उनले बताए । अनुगमनको क्रममा ब्यापारीहरुले सटर बन्द गरेकोले त्यस्ता पसलको नाम र लोकेशन लिई निगरानीमा राखी अनुगमन गर्ने समेत उनले दाबी गरेका छन् ।   

उपभोक्ता मारमा नपर्ने गरी ब्यापार गर्न ब्यापारीहरुलाई सुझाब दिएको अनुगमन टोलीमा रहेका उद्योग बाािण्ज्य संघ मिर्चैयाका अध्यक्ष हरीशंकर साहले  बताएका छन् । कहिँकतै कुनै उपभोक्ता ठगिमा परेको छ भने त्यस्ता उपभोक्तहरुलाई ब्यापार संघमा सम्पर्क गर्न उनले आग्रह समेत गरेका छन् ।  अन्य बजारभन्दा मिर्चैया बजार ब्यबस्थित रहेको समेत उनले दाबी गरे । 

टोलीले बिग बजार डिपार्टमेन्ट स्टोर, रोहन जेनरल स्टोर, चौधरी कोल्ड स्टोर, एमएस डिपार्टमेन्ट स्टोर, मुंगेरिया स्विट एण्ड चाट, सहदेब होटल, राहुल होटल एण्ड लँज र अमित कोल्ड स्टोर लगायतका पसलहरुमा अनुगमन गरेका थिए । उक्त क्रममा बरामद गरिएको म्याद सकिएका गुणस्तरहीन खाद्य सामग्रीहरुलाई तत्कालै नष्ट गरिएको थियो । 

अनुगमन टोलीमा प्रशासकिय अधिकृत खतिबडाको साथै उद्योग बाणिज्य संघ मिर्चैयाका अध्यक्ष हरीशंकर साह, उपाध्यक्ष अरुण सिंह, सचिब भरत महासेठ, उद्योग बाणिज्य संघ लहानका निबर्तमान उपाध्यक्ष अशोक साह, मिर्चैया नगरपालिका प्रतिनिधि राजगिर यादब, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रतिनिधि प्रहरी सहायक निरिक्षक बिरेन्द्र मण्डल, संचारकर्मी लगायतका रहेका थिए । 

अनुगमन टोली आएपछि सटर बन्द गरी ब्यापारी कसे टाप  

अनुगमन टोलीले पसलहरुमा अनुगमन गर्न थालेको सुईको पाएपछि यहाँका ब्यापारीहरुले पसलको सटर बन्द गरी टाप भएका थिए । मिर्चैयाको कटारी चौक, थाना चौक र बजार एरियामा रहेका किराना पसल र होटलका अधिकांश संचालकहरुले सटर बन्द गरी हिँडेको देखिएको थियो । अनुगमन टोलीका डरले सटर डाउन गरेपछि उपभोक्ताहरुमा आशंका उत्पन्न भएका छन् । अनुगमन टोली गएपछि फेरी ब्यापारीहरुले सटर खोलेका थिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान