२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

धनकुटामा निःशुल्क स्वास्थ्य शिविर शुरु

२०७५, ८ कार्तिक बिहीबार ०५:३३

कात्तिक ८, धनकुटा (रासस) | गरीब, असाहय तथा पहुँचबिहीनहरुका लागि धनकुटा अस्पतालमा हिजोदेखि वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर शुरु भएको छ । 

अलोहा मेडिकल मिसन अमेरिकाको आयोजनामा धनकुटा र आसपासका बिरामीलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । 

बृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरको उद्घाटन गर्नुहुँदै प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले गरीब र असहायका लागि शिविर निकै फलदायी हुने बताउनुभयो । 

कात्तिक १७ गतेसम्म धनकुटा अस्पतालमा सञ्चालन हुने स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकी चिकित्सकद्वारा पित्तको पत्थरी, पाठेघर, हर्निया, हाइड्रोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दातको उपचार, कृत्रिम हात वितरण गरिने शिविर आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले बताउनुभयो । 

दश दिनसम्म सञ्चालन हुने शिविरबाट धनकुटा र आसपासका सयौँ बिरामी लाभान्वित हुने आयोजकले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस