२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पा जिल्ला अस्पतालमा टेलिफोनको असुविधा

२०७५, ८ कार्तिक बिहीबार ०५:४९

कात्तिक ८, रोल्पा (रासस) | जिल्ला अस्पताल रोल्पामा प्रभावकारी टेलिफोन सेवा नहुँदा कार्यालयको दैनिक काम प्रभावित हुँदै आएको छ । जिल्ला सदरमुकामको मुख्य बजारवाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राहीसमेत मर्कामा पर्दै आएका छन् । 

जिल्लामा नेपाल टेलिकमलगायत अन्य सेवा प्रदायक संस्थाबाट टेलिफोन सेवा उपलब्ध हुँदै आए पनि जिल्ला अस्पताल क्षेत्र उक्त सुविधाको प्रभावकारी पहुँचमा पुग्नसकेको छैन । कार्यकक्षमा फोनले काम नगर्ने भएकाले मोबाइल बोकेर कार्यालय बाहिर गई फोन गर्नुपर्ने बाध्यता छ जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जिल्ला जनस्वास्थ्य अधिकृत डा सुशील आचार्यले भन्नुभयो । टेलिफोन असहजताले कार्यालय र सेवाग्राही दुवैले समस्या भोग्दै आएका छन्, डा आचार्यले भन्नुभयो । 

अस्पतालको डेलिभरी कक्षमा सिडिएमए टेलिफोनबाट काम चलाएका छाँै रोल्पा जिल्ला अस्पतालका स्टाप नर्स शर्मिला आचार्यले भन्नुभयो । कहिलेकाहीँ सिडिएमएले समेत काम नगर्दा निकै सकस हुन्छ, आचार्यले भन्नुभयो । 

अस्पतालजस्तो क्षेत्रमा प्रभावकारी टेलिफोन सेवा नपुग्नु दुःखद् कुरा हो नागरिक अगुवा तीर्था आचार्यले भन्नुभयो । बिरामीको अवस्था बुझ्न तथा अस्पतालमा स्वास्थ्य परामर्शका लागि चौबीसै घण्टा टेलिफोन सेवा उपलब्ध हुनुपर्नेमा सामान्य फोन गर्न समेत सास्ती भोग्नु सामान्य कुरा होइन । 

सभामुख कृष्णबहादुर महरा सूचना तथा सञ्चारमन्त्री भएका बेला अस्पतालमा टेलिफोन सेवा उपलब्ध हुनुपर्ने माग गरिए पनि अहिलेसम्म पूरा नभएको जिल्ला अस्पतालका एक कर्मचारीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस