२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राससकर्मी श्रेष्ठको निधन

२०७५, ८ कार्तिक बिहीबार ०७:०८

कात्तिक ८, काठमाडौँ | राष्ट्रिय समाचार समितिमा करीब दुई दशकदेखि कार्यरत सवारी चालक चन्द्रलाल श्रेष्ठको आज बिहान निधन भएको छ । 

कलेजोको समस्याले पीडित श्रेष्ठको मीनभवनस्थित निजामती सेवा अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विसं २०२६ मा सिन्धुपाल्चोकको सिपावाडे गाउँमा जन्मनुभएका उहाँका श्रीमती, तीन छोरी र एक छोरा हुनुहुन्छ । 

श्रेष्ठको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको निधनप्रति राससले इमान्दार निष्ठावान् कर्मचारी गुमाएकामा दुःख व्यक्त गरेको छ । नेपाल पत्रकार महासङ्घ रासस शाखा, रासस कर्मचारी युनियन, रासस कर्मचारी सङ्घ, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन रासस तथा संस्थामा क्रियाशील प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले पनि उहाँको निधनमा दुःख व्यक्त गरेका छन् । हाल ललितपुर महानगरपालिकास्थित इमाडोलमा बस्दै आउनुभएका उहाँ रासस कर्मचारी युनियनको कार्यसमिति सदस्य हुनुहुन्थ्यो । 

राससका महाप्रबन्धक ओपेन्द्र शर्मा, नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली, प्रधानसम्पादक श्याम रिमाल, प्रशासन प्रमुख उत्तम सिलवाललगायत कर्मचारी श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जलिका लागि पशुपतिमा पुग्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा