२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाको मुखिया टोलमा शौचालय बनेपछि…

९ कार्तिक २०७५, शुक्रबार १०:१४

कात्तिक ९, लहान | सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–२ स्थित मुखिया टोलमा घरघरमा चर्पी निर्माण भएपछि अहिले मुखिया टोलका बासिन्दाले खुला ठाउँमा दिसापिसाब गर्न छोडेका छन् । 

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको टोलीले मुखिया बस्तीको स्थलगत अनुगमनपछि पूर्ण खुला दिसामुक्त गाउँ बन्ने तयारीमा छ । यसअघि बाँसघारी, झाडी र पोखरीको डिल लगायतका ठाउँमा खुला दिसापिसाब गरिन्थ्यो । 

बस्ती अनुगमनमा जिल्ला समन्वय समिति सिरहाका उपप्रमुख सरोज यादव, सिरहा रेडक्रसका सभापति राजदेव यादव, महामन्त्री राजदेव ठाकुर, लहानस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका भैयालाल योञ्जन, अभियानकर्ता अशोक यादव, प्रकाश महतो, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य देवकुमार यादव र पत्रकार दिनेश्वरप्रसाद गुप्ता लगायतका सहभागी थिए । 

टोल निगरानी समितिका संयोजक धनिकलाल मुखियाका अनुसार बस्तीका अधिकांश मानिस वैदेशिक रोजगारीमा रहेकाले त्यसको प्रभाव बस्तीमा समेत परेको हो । “विदेशको वातावरणमा काम गरेका युवा गाउँ फर्किएपछि त्यसको सिको गर्ने प्रयास गरेका छन्”, मुखियाले भन्नुभयो । 

गाउँबाट बिहान वा जुनसुकै समयमा खुलारुपले दिसा गर्न बाहिरिनेको सङ्ख्या शून्यमा झरेको गाउँले बताउँछन् । “वातावरणीय सरसफाइका लागि गाउँले प्रायः सबैले आफ्नो घर अगाडि रुख बिरुवा, फूल रोपेको मुखियाले बताउनुभयो । 

खुलारुपले दिसापिसाब गर्ने मात्र होइन, ३२ घरधुरी रहेको मुखिया टोलमा स्थानीय बासिन्दा सामाजिक विकृतिका रुपमा रहेको बालविवाहप्रति सजग रहेको स्थानीय रञ्जिता मुखियाले बताउनुभयो । 

घर अगाडि रुख बिरुवा रोप्दा सौन्दर्य बढ्नुका साथै पूजाआजाका लागि फूल खोज्न अन्यत्र जानु नपर्ने मुखियाको भनाइ छ । स्थानीय गाउँले चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, वातावरणीय सरसफाइका साथै साबुन पानीले हात धुने बानीको विकास र व्यवहार परिवर्तन गर्न जुटेका छन् । सन् २०२२ सम्म सिरहालाई पूर्णसरसफाइयुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको छ । 

सोही लक्ष्यअनुरुप मुखिया टोल कात्तिक १० गते पूर्ण खुला दिसामुक्त उन्मुख बस्ती घोषणा गर्ने तयारी गरिएको छ । सिरहा जिल्ला २०७४ चैत ९ गते खुला दिसामुक्त क्षेत्र घोषणा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा