२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा सात जना डेंगुका बिरामी फेला

१० कार्तिक २०७५, शनिबार ०६:१०

कात्तिक १०, कञ्चनपुर | कञ्चनपुरमा सात जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ । शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको पाइएको हो । 

अस्पतालमा रगत परीक्षण गरिएका तीन जनामा आइजिएम र चार जनामा एनएस एक नामक डेंगुका जीवाणु फेला परेको महाकाली अञ्चल अस्पतालका ल्याव टेक्निसियन महेशदत्त जोशीले बताउनुभयो । “दुई जना भारतबाट फर्केका र अन्य यही बसोवास गर्ने बासिन्दामा डेंगुका जीवाणु फेला परेको पाइएको छ” , उहाँले भन्नुभयो । 

एडिज एजिप्टी जातको पोथी लामखुट्टेले टोक्दा डेंगु हुने गर्दछ । दिउँसोको समयमा सक्रिय हुने यस जातको पोथी लामखुट्टेले टोकेमा डेंगु हुने गरेको टेक्निसियन जोशीले बताउनुभयो । लाखमुट्टेले घरमा रहेका कुलर, टायर, गमलालगायतको सफा पानीमा लार्भा उत्पादन गर्ने गर्दछ । 

डेंगु भएमा उच्च ज्वरो आउने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, प्लेटलेसको कमीले शरीर निलो हुने, राता डाम देखापर्ने गर्दछन् । यी लक्षणहरू देखा परेपछि बिरामीले तत्कालै नजिकको स्वास्थ्यचौकी वा अस्पतालमा उपचारका लागि जानुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । 

कुलर, टायर, गमलालगायतको सफा पानीमा लामखुट्टेले लार्भा उत्पादन गर्ने भएकाले त्यसलाई नष्ट गर्नका लागि बिषादी छर्कने र पानी सफा गर्नुपर्दछ । विगतमा जनस्वास्थ्य कार्यालयले डेंगुबारे सचेतना फैलाउने र डेंगुका लार्भा देखिएका ठाउँमा बिषादी छर्कने कार्य गर्दै आएको थियो । कार्यालय समायोजनको कार्यसँगै सचेतना फैलाउने कार्य नगरपालिका र गाउँपालिकाको स्वास्थ्य शाखाले गर्नुपर्ने भए पनि नगरिदा डेंगु फैलिने क्रम बढेको बताइएको छ । 

यसैगरी भुसुनाको टोकाइबाट हुने कालाज्वरका एक जना बिरामी पनि कञ्चनपुरमा फेला परेको छ । महाकाली अञ्चल अस्पतालमा उपचार गराउन आएका बिरामीमा कालाज्वर भएको पाइएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो