२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

दुर्घटनामा पत्रकारसहित तीनको मृत्यु

२०७५, १० कार्तिक शनिबार १२:०४

कात्तिक १०, काभे्रपलाञ्चोक | काभे्रपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । 

आजै पाँचखालमा भएको अर्को दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ । 

हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नपा–४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नपा–१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारी, पनौतीका प्रदीप बोगटी, धनराज पुरी र विनोद गौतम घाइते हुनुभएको छ । घाइतेमध्ये भण्डारीको अवस्था गम्भीर छ । घाइतेलाई धुलिखेल अस्पतालमा ल्याइएको छ । 

आजै अपराह्न ४ बजे पाँचखाल नगरपालिका–६ तीन पिप्ले बजारमा धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क ६४३ नं को टिपरले सोही दिशातर्फ जाँदै गरेको १३५९ नं को ‘अनटेष्ट’ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय ५६ वर्षीया रञ्जना गौतमको मृत्यु भएको छ । 

दूर्घटनामा उनका श्रीमान मोटरसाइकल चालक कमल गौतम घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस