Skip to content
Friday, July 17, 2026 Nepali Online Media
October 28, 2018 झापा - JP, समाज

रकम जम्मा गर्न बैंक पुगेका सेवाग्राहीको १७ लाख बैंकभित्रै लुटिएपछि…

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक ११, झापा | झापामा एक व्यक्ति बैंक भित्रैबाट लुटिएका छन् । बिर्तामोडस्थित एनएमबी बैकको शाखामा आइतबार दिउँसो बैंकमा रकम जम्मा गर्न गएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको १७ लाख नगद लुटिएको हो ।&nbsp;<br></p><p>झोलामा रकम लिएर बैंक गएका गुरुङ बैंकको काउण्टर अघि रकम जम्मा गर्न भौचर भर्दै गर्दा एक व्यक्तिले उनको रकम भएको झोला बोकेर भागेका थिए ।&nbsp;</p><p>घटना मध्यान्ह १२ बजेर १७ मिनेटमा भएको बताइएको छ । रकम लुटेर भाग्नेको सिसी क्यामेरा फुटेजबाट पहिचान खुलेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले बताएका छन् ।&nbsp;</p>