२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य उपचार हुने

१४ कार्तिक २०७५, बुधबार ०५:४७

कात्तिक १४, दमक | झापाको दमक नगरपालिकाले नगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पहुँच पुर्याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था गरेको हो । 

दमक अस्पतालमा ज्येष्ठ नागरिकलाई सबै किसिमको उपचार निःशुल्क गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालले जानकारी दिनुभयो । नगरपालिकाले नगरका गर्भवतीलाई आइरन र क्याल्सियम चक्की पनि निःशुल्क उपलब्ध गराउने भएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आउने गर्भवतीलाई सो औषधि निःशुल्क उपलब्ध गराउने भएको हो । चार पटक नियमित रूपमा परीक्षणका लागि आउने गर्भवतीले हरेक पटक रु १०० समेत यस वर्षदेखि पाउने व्यवस्था गरिएको अर्यालले बताउनुभयो । 

स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन यस वर्ष नगरपालिकाले रु पाँच लाख ५० हजार छुट्याएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा स्वास्थ्यका ९० कार्यक्रम स्वीकृत गरेको छ । ती कार्यक्रमका लागि नगरपालिकाले रु ९० लाख छुट्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा