२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कक्षा ११ र १२ मा गणित विषय नहट्ने, अर्को शैक्षिक सत्रबाट यस्तो पाठ्यक्रम लागु हुने

२०७५, १४ कार्तिक बुधबार ०६:०२

कात्तिक १४, काठमाडौं । सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय नहटाउने भएको छ । अब तीन वटै विज्ञान (बायोलोजी, फिजिक्स र केमेस्ट्री) विषयका विद्यार्थीहरुले चाहेमा गणित विषय पढ्न पाउने भएका छन् ।

मानविकी र व्यवस्थापन संकायमा भने पहिलेदेखि नै ऐच्छिक विषयको रुपमा गणितलाई राखिएको छ ।

यसअघि पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा सबै समूहका विद्यार्थीहरुले अध्ययन गर्न पाउने गरी प्रस्ताव गरिएको प्रायोगिक गणित विषय हटाउने प्रस्तावसहितको प्रारुप तयार पारेको थियो । सो प्रारुपमा अनिवार्य गणितलाई ऐच्छिक बनाइएको थियो ।

बायोलोजी र गणितलाई एउटै समूहभित्र राखेर कुनै एउटामात्र रोज्न पाउने व्यवस्था गरिँदा गणित र बायोलाजी दुवै पढ्न चाहने विद्यार्थीहरुले एउटामात्र विषय रोज्नुपर्ने बाध्यता थियो । गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले यो विषयलाई पाठ्यक्रमबाट हटाइँदा अरु विषयहरुलाई पनि असर पर्ने भन्दै सरोकारवालाले विरोध गरेपछि सरकारले नहटाउने निर्णय गरेको हो ।

हाल कक्षा ११ र १२ विद्यालय तहमा गाभिएको छ । माध्यमिक तहमा कक्षा ९ देखि १२ सम्मलाई राखिएको छ । अहिले नयाँ पाठ्यक्रम तयार पार्ने काममा पाठ्यक्रम विकास केन्द्र व्यस्त छ ।

माध्यमिक शिक्षाका लागि अर्को शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्ने गरी काम भइरहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले बताए । 

संशोधित प्रारुपमा विज्ञान विषयहरु पढ्ने विद्यार्थीहरुलाई गणित पढ्न चाहने सबैले पढ्न पाउने गरी व्यवस्था गरिएको छ ।

माविमा ७ विषय पढाइ हुने भएको छ | अब अनिवार्य विषयमा अंग्रेजी, नेपाली, सामाजिक र जीवन उपयोगी अथवा गणित विषय राखिएको छ । त्यसपछि तीनवटा समूहमा विज्ञान लगायतका ऐच्छिक विषयहरु राखिएका छन् । नयाँ पाठ्यक्रमअनुसार अनिवार्य चार र ऐच्छिक तीन गरी जम्मा सात विषय पढाइ हुने छ । हाल कक्षा ९ र १० मा आठ तथा ११ र १२ मा पाँच विषय पढाइ भइरहेको छ ।

पाठ्यक्रम विकास केन्द्रले ‘नोट’ लेखेर ‘ऐच्छिक समूहबाट तीनवटै विज्ञान लिएकाले मात्रै गणित विषय रोज्न पाउने’ उल्लेख छ । तर मानविकी र व्यवस्थापन संकायमा यस्तो उल्लेख छैन ।

त्यसैले विद्यार्थीहरुले जुन खालको विषय ११ र १२ मा पढ्न लागेका छन्, त्यही विषयसँग सम्बन्धित गणित सबैले पढ्न पाउने गरी प्रारुप परिवर्तन हुनुपर्ने नेपाल गणित समाजका सहसचिव एवम् जीवन काफ्ले बताउँछन् ।

‘विज्ञानमा जस्तै व्यवस्था मानविकी र व्यवस्थापन संकायमा पनि हुनुपर्छ र गणितको प्रयोगात्मक कक्षा सञ्चालनको व्यवस्था गरिनुपर्छ,’ त्रिभुवन विश्वविद्यालय केन्द्रीय गणित विभागका उपप्रध्यापकसमेत रहेका काफ्लेले भने ।

उनले भने, ‘प्राक्टिकल गणित पनि सेलेबसमै हुनपर्छ किनभने प्रयोगात्मक कक्षाले सिकाइको स्तर बढाउँछ । बरु विज्ञहरुसँग ब्यापक छलफल होस् । त्यसका लागि नेपाल गणित समाजले पनि सहयोग गर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा