२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा एउटै गाउँमा सातवटा मस्जिद

२०७५, १४ कार्तिक बुधबार ०७:५९

कात्तिक १४, दमौली | तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुर गाउँमा सात वटा मस्जिद रहेको छ । 

करीब २०० घरधुरी रहेको सम्जुर गाउँमा सात वटा मस्जिदमा भेला भएर मुसलमान समुदायले प्राथना गर्ने गरेको स्थानीय मुस्लिम अगुवा तथा खोदा बकस मदर्शाका अध्यक्ष फजिर महमद मियाँले जानकारी दिनुभयो । 

सम्जुरमा नेपालकै सबैभन्दा पुरानो दाबी गरिएको मस्जिदसमेत रहेको मियाँले बताउनुभयो । कुनै समय तनहँुको सम्जुरमा जिल्लाकै सबैभन्दा बढी मुसलमान समुदाय बस्ने भएपनि हाल यहाँ ती समुदायका २०० घरधुरी मात्र छन् । 

सदरमुकाम दमौलीमा बसोबास गर्ने ९० प्रतिशतभन्दा बढी मुसलमान सम्जुरबाट नै झरेको सिरानोगाउँ मस्जिदका अध्यक्ष हाजी महमद याकुवले बताउनुभयो । अहिले प्रार्थना गर्ने व्यक्ति धेरै नहुँदा प्रायः सबै मस्जिद खाली नै हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिले निकै भीड हुन्थ्यो तर अहिले सबै खालीखाली नै हुन्छ ।” मस्जिदमा बकर इद र इदुलफित्रमा भने निकै रमाइलो हुने गरेको उहाँले बताउनुभयो । 

केही मस्जिद जीर्ण भइसक्दा पनि बजेटको अभावमा मर्मत गर्न नसकिएकोे फजिर महमद मियाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस