Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोट गाउँपालिकाले वार्षिक समिक्षा गरि निचोड निकाल्यो

२०७५, १४ कार्तिक बुधबार १२:४९

कात्तिक १४, सल्यान । सल्यानको कपुरकोट गाउापालिकाले वार्षिक समिक्षा कार्यक्रम समपन्न गरेको छ । जनप्रतिनिधी आएपछि भएका कामको समिक्षा र प्रगती प्रस्तुत गरिएको हो । वडा कार्यालय, विषयगत कार्यालय तथा विभिन्न शाखाहरुले दुई दिन सम्म गएको वर्ष संचालित योजना तथा कार्यक्रमको मसिनो ढंगले समिक्षा गरेका छन् । गोष्ठीमा वडा अध्यक्षहरुको गुनासो देखि सृजनशिल कामहरु र विषयगत शाखा सञ्चालनमा आएका समस्या र समस्या समाधानका उपायहरुका बारेमा समेत गहिरो ढंगले छलफल भएको गाउँपालिकाका सूचना अधिकारि जीवराज केसीले जानकारि दिए ।


मंगलबार र बुधबार गरि दुई दिन चलेको समिक्षा गोष्ठीमा समग्र गाउँपालिकाको प्रगति प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत गत आर्थीक वर्ष २०७४।०७५ मा पूर्ण खोप सुनिश्चीत गाउँपालिका घोषणा, गाउँपालिका भवन निर्माण कार्य अघि बढ्नु र  मुख्य वजार क्षेत्र ( कपुरकोट) को फोहोर व्यवस्थापनका लागि समिति गठन तथा परिचालन, फोहोर व्यवस्थापन केन्द्र निर्माण हुनु जस्ता कार्य प्रमुख उपलव्धीको रुपमा रहेको बताए ।

वार्षिक वित्तीय प्रगती सुनाउँदै रिजालले भने, गत वर्ष कुल बजेट २३ करोड ६२ लाख २३ हजार ८ सय मध्ये २१ करोड ८७ लाख ४३ हजार ४५६ रुपैयाँ खर्च भएको छ ।


कस्तो छ गाउँपालिकाको भौतीक प्रगती ?

गाउँपालिकाले गत वर्ष नयाा कच्ची सडक ५१ वटा निर्माण भएको जनाएको छ । यस्तै ४४ वटा खानेपानी, ३ वटा कुलो र ६ वटा पोखरि, १० वटा कृषि टहरा, ३ वटा खोप केन्द्र, एउटा विद्यालय भवन तथा २१ वटा विद्यालय फिल्ड र अन्य पूर्वाधार निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत रिजालले जनाए ।

यस्तै ४३ वटा प्रविधि हस्तान्तरण तथा क्षमता विकास तालिम सञ्चालन गरिएको, ६ वटै वडाबाट स्वास्थ्य सेवा प्रदान गरिएको, पूर्ण सरसफाई तर्फ उन्मुख रहेको, विद्यालय शिक्षा तथा परीक्षा प्रणालीमा एकरुपता कायम गर्न शैक्षिक क्यालेण्डर निर्माण तथा कार्यान्वयनमा ल्याइएको जस्ता प्रमुख प्रगती उनले समिक्षा गोष्ठीमा सुनाए । कपुरकोट गाउँपालिकाले २९ वटा ऐन तथा नियमावली समेत पारित भइसकेको जनाएको छ ।  

कार्यक्रममा वडाअध्यक्षहरुले परम्परागत मेलापर्वका विकृतीहरु जुवा, तास, मदिरा सेवन जस्ता कार्यलाइ नियन्त्रण गर्न सफल भएको जनाएका थिए ।

गाउँपालिकाले आगामी वर्ष भौतिक पूर्वाधारहरुको स्तरोन्नती तथा नयाँ निर्माण, कृषि विकास तथा अर्र्गानिक खेती विकास, ग्रामिण बिद्युतिकरण, वन वातावरण संरक्षण, सामाजिक विकास, सांस्कृतिक पहिचान तथा संरक्षण र मानव संसाधन विकासलाइ प्रमुख नितीको रुपमा लिएको छ ।

यस्तै पाँच वर्ष भित्रमा सवै वडा कार्यालय सम्म पक्की मोटरबाटो पुर्याउने र अर्गानिक तरकारी खेती, नमुना फलफुल खेती, उन्नत जात तथा तरिकाको कृषि तथा फलफुल खेतीको माध्यमबाट कृषि पर्यटनको विकास गर्ने नीति पनि गाउापालिकाले लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश