२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिन्दुराष्ट्र र राजतन्त्र फर्काउन संघर्ष: राप्रपा अध्यक्ष थापा

२०७५, १४ कार्तिक बुधबार १३:१६

राम नारायण पंडित | कात्तिक १४,सिरहा | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हिन्दुराष्ट्र र राजतन्त्र फर्काउन जनसंघर्ष गर्ने चेतावनी दिएका छन् । 

फाल्गुन ७ गतेदेखि सुरु हुने संघर्ष हिन्दुराष्ट्र र राजतन्त्र कायम नभएसम्म जारी रहने उनले दाबी गरेका छन् । देश दौडाहामा रहेका अध्यक्ष थापाले बुधबार सिरहाको मिर्चैयामा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केही दलका नेताहरुले व्यक्तिगत स्वार्थसिद्ध गर्न जनतालाई झुक्याएर विदेशीको ईशारामा रातारात हिन्दुराष्ट्र हटाएर धर्मनिरपेक्ष बनाएको आरोप लगाए ।  


नेपालमा राजा सहितको प्रजातन्त्रको आवश्यकक्ता रहेको भन्दै अध्यक्ष थापाले राजा बिना देशमा शान्ति र शुसासन कायम हुन नसक्ने जिकिर गरेका छन्  । हिन्दु राष्ट्रको पहिचान समाप्त गरी राजतन्त्रलाई पाखा लगाएकोले जनता राजा तर्फ फर्कने मुडमा रहेको उनले दाबी गरेका छन् । राजा बिना देशलाई फाईदा नहुने भन्दै उनले छठपछि अभियान सुरु गरी अगाडी बढ्ने स्पष्ट गरे । 

देशमा संघियता आएपनि जनताले महशुस गर्न नसकेको भन्दै अध्यक्ष थापाले बर्तमान सरकार प्रहरी प्रशासन र न्यायलयलाई दबाबमा राखेको आरोप लगाए । हत्याहिंसा, बलात्कार लगायतका घटनाहरु भएपनि सरकारको दबाबमा प्रहरी अपराधी पक्राउ गर्न असमर्थ भईरहेको उनले जिकिर गरे । 


बाल हठका कारण पार्टी अलग–अलग भएको भन्दै उनले जनमतको माध्यमबाट हिन्दुराष्ट्र र राजा सहितको प्रजातन्त्र स्थापित गर्नका लागि एकता गर्ने गृहकार्यमा रहेको समेत खुलासा गरे । फुटका कारण पार्टी कमजोर भएको भन्दै उनले सबैलाई एकजुट भएर बलियो बनाउनु पर्ने बताएका छन् । राष्ट्रलाई बिखण्डन र सर्बसताबादबाट बचाउन पार्टी एकता अपरिहार्य रहेको बताउदै उनले छिटै एकता हुने समेत विश्वास व्यक्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस