२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला आयोगमा उजुरी बढ्दै

२०७५, १७ कार्तिक शनिबार ०५:१५

कात्तिक १७, काठमाडौँ | अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राष्ट्रिय महिला आयोगमा दर्ता हुने उजुरीमा करीब ५०० ले वृद्धि भएको छ । आयोगले शुक्रबार यहाँ आयोजना गरेको सञ्चारमाध्यमसँगको अन्तरक्रिया कार्यक्रममा प्रतिवेदनमार्फत आयोगले उक्त जानकारी गराएको हो । 

आर्थिक वर्ष २०७३÷७४ मा ३४१ महिलासम्बन्धी घटनाको दर्ता भएको थियो । आर्थिक वर्ष २०७४÷७५ मा भने आठ ८३८ महिलासम्बन्धी घटना दर्ता भएको प्रतिवेदनमा उल्लेख छ । 

आयोगका सचिव अनिलकुमार झाका अनुसार गत आर्थिक वर्षदेखि आयोगले हेल्पलाइन शुरु गरेपछि घटना दर्ता बढी हुन थालेको हो । दर्ता हुने घटनामा सबैभन्दा बढी टेलिफोन र हेल्पलाइनबाट घटना दर्ता हुने गरेको पनि सचिव झाले जानकारी गराउनुभयो । 

गत वर्ष दर्ता भएको जम्मा घटनामध्ये सबैभन्दा बढी मानसिक तथा शारीरिक हिंसाका कारण घटेका घरेलु हिंसाका दर्ता भएका छन् । गत आवमा आयोगमा परेको उजुरीको घटनामम्धे २१५ कानूनी कारवाहीको लागि सम्बन्धित निकायमा सिफारिश गरिएको छ । त्यसैगरी १६६ घटनाको लागि मनोसामाजिक परामर्शका लागि सिफारिश गरिएको छ । १३४ कारवाहीको लागि पत्राचार गरिएको छ, ८३ घटनामा मिलापत्र सिफारिश गरिएको र ४७ घटना सेल्टरको लागि सिफारिश गरिएको बताइएको छ । 

हाल आयोगमा आउने उजुरीमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाबाट हिंसाका घटना दर्ता हुने गरेको छ । पहिलेको भन्दा पछिल्लो समय हिंसाको स्वरुपमा परिवर्तन पनि भएको छ । अहिले हाडनाता करणी, सामूहिक बलात्कार, यौन व्यापारका लागि विभिन्न देशमा मानव तस्करी, विदेशी नागरिकबाट बालयौन शोषण र बोक्सीको आरोपमा मानसिक र शारीरिक यातनाजस्ता घटना दर्ताका लागि आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा