Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मोरङमा बसको ठक्करबाट एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक १९, उर्लाबारी | मोरङको विराटनगर महानगरपालिका – ३ स्थित कोशी राजमार्गमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।&nbsp;<br></p><p>उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ५ ख ४५१३ नम्बरको यात्रुवाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १० प ६२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक विराटनगर महानगरपालिका – ५ का ३८ वर्षीय मनोजकुमार मोदीको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका मोदीको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।&nbsp;</p>