२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मुन्द्रेको कमेडी’ सँगै बढ्यो नेपाल टेलिभिजनको लोकप्रियता

२०७५, २० कार्तिक मंगलवार ०८:०२

प्रकाश सिलवाल | कात्तिक २०, काठमाडौँ | “बजारमा सुगरको भाउ बढेको छ, घरघरमा मान्छेलाई सुगर बढेको छ । निरोगी रहन एकमात्र उपाय खुशी हुनु हो । खुशी सन्तुष्टिबाट र सन्तुष्टि हाँसोबाट मिल्छ । जो हाँस्छ त्यही मात्र बाँच्छ ।” 

हाँस्य कलाकार जितु नेपालले यही उद्गारका साथ ‘मुन्दे्रको कमेडी क्लब रियालिटी शो’ आरम्भ गरेसँगै नेपाल टेलिभिजनको लोकप्रियता थप बढेको छ । ‘स्याण्ट अप’ कमेडीका रुपमा लिइने यस्ता कार्यक्रमले पछिल्लो समयमा दर्शक तान्न थालेपछि समाचार तथा लोकप्रिय हास्य एवं पारिवारिक शृङ्खलाका कार्यक्रममा अगुवाइ गरिरहेको नेपाल टेलिभिजनले सोमबारदेखि ‘मुन्दे्रको कमेडी क्लब रियालिटी शो’ शुरु गरेको हो । भारतमा ‘द कपिल शर्माको शो’ जस्तै नेपाली स्वादको ‘मुन्दे्रको कमेडी क्लब रियालिटी शो’ ले नेपालमा लोकप्रियता पाउने देखिएका छ । 

हरेक सोमबार साँझ ८ः५० मा प्रसारण हुने कार्यक्रमको पहिलो शृङ्खलामा छक्कापञ्जा ३ चलचित्रबाट लोकप्रियता कमाइरहेका कलाकार दीपकराज गिरी, दीपाश्री निरौलालगायतलाई आमन्त्रण गरी जितुले दर्शकलाई हसाउनुभएको थियो । हाँस्य कलाकारिताका क्षेत्रमा जितुलाई मुन्द्रे उपनामले दर्शकले चिन्छन् । सो कार्यक्रमलाई ग्रामीण भेगाका दर्शकले विशेष मन पराएको र सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया आइरहेको नेपाल टेलिभिजनका कार्यक्रमतर्फका नायब महाप्रबन्धक दीपा गौतमले जानकारी दिनुभयो । 

‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘परिचय’ जस्ता पुराना लोकप्रिय हास्य तथा पारिवारिक शृङ्खला कार्यक्रमको निरन्तरता दिँदैलगायत यो नयाँ कार्यक्रम सञ्चालन गर्दै आफ्नो लोकप्रियतालाई कायम राख्ने आफूहरुको योजना रहेको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले बताउनुभयो । 

सो टेलिभिजनले नृत्य प्रतिभालाई प्रष्फुटन गर्न साङ्गीतिक रियालिटी शो छमछमी चार कार्यक्रमको अडिसन प्रारम्भ पनि यही कात्तिक १७ गतेबाट गरेको छ । सो कार्यक्रमको अडिसन संविधान दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गर्नुभएको थियो । 

टेलिभिजन रूपान्तरणको वर्ष 

हास्य कार्यक्रम थपका साथै संस्थाको नीतिगत, प्रशासनिक, प्राविधिक, आर्थिक, व्यापार, समाचार तथा कार्यक्रम प्रसारणमा सुधार गर्न आर्थिक वर्ष २०७५÷७६ लाई ‘नेपाल टेलिभिजन रूपान्तरणको वर्ष’ को रूपमा अभियानसमेत सञ्चालन गरिएको छ । 

नेपाल टेलिभिजनको इतिहाससँमै पहिलो पटक आर्थिक वर्ष शुरु हुनुअघि नै बजेट पारित गरी कार्यान्वयनमा ल्याइएको र आउँदो वार्षिकोत्सवको अवसरमा २०७५ माघ १७ गते नेपाल टेलिभिजनका च्यानललाई हाई डिफिनेसन ९एचडी० ढाँचामा प्रसारण गराउने कार्य अघि बढाइएको अध्यक्ष विष्टले राससलाई जानकारी दिनुभयो । 

समृद्धि केन्द्रित समाचार 

हाल मुलुकको ५२ प्रतिशत भूभाग र ७२ प्रतिशत जनसङ्ख्याको पहुँचमा रहेको नेपाल टेलिभिजनमा पछिल्लो समयमा समाचार निर्देशिका २०७५ र वैदेशिक भ्रमण व्यवस्थापन कार्यविधि, २०७५ स्वीकृत भई कार्यान्वयन गरिएको छ । सातै प्रदेशको राजधानी रहेका स्थान प्रादेशिक ब्यूरो स्थापना तथा सञ्चालन गर्न सञ्चालक समितिबाट नीतिगत स्वीकृति भई प्रक्रिया अघि बढाइएको छ । समाचारलाई वरियता र घटनाका आधारमा मात्र नभई विषयवस्तु एवं समृद्धितर्फ केन्द्रित जनताको आकांक्षतर्फ केन्द्रित गरिएको विष्टले बताउनुभयो । 

अध्यक्ष विष्टले भन्नुभयो, “राज्यको च्यानल भएकाले आधारभूत तहका जनताका विषयवस्तुलाई प्राथमिकता दिँदै उनीहरुको पहुँच बढाउन हाम्रो प्राथमिकता छ । सरकारी स्वामित्वको संस्था भएकाले आन्तरिक पक्षमा सुधार गरेर निजी क्षेत्रसँग पनि प्रतिस्पर्धा गर्दै लोकप्रियता कायम राख्न लागिपरेका छौँ ।” 

नेपाल टेलिभिजन चारवटा च्यानल हाल स्याटेलाइट र टेरेष्ट्रियल प्रविधिबाट प्रसारित हुन्छ । करीब रु डेढ अर्बको बजेट रहेको सो संस्थामा ४०० पत्रकार तथा कर्मचारी छन् । यसले केही समयअघि शुरु गरेको संस्कृत भाषामा समाचार सेवामा सकारात्मक प्रतिक्रिया पाइएको उहाँले बताउनुभयो । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक प्रसारण संस्था ९पिएसबी० मा रुपान्तरण गर्ने नीति लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा