Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बस दुर्घटना हुँदा २६ जना घाइते

By kit

कात्तिक २१, चितवन। भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस बुधबार बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा बस दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएकाको अवस्था खतरामुक्त रहेको छ। उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

ना६ख ९३६६ नंको बस बिहान १:१५ बजे अनियन्त्रित भई पल्टिएको थियो। बसमा विद्यार्थी र शिक्षक गरी ३४ जना सवार रहेको प्रहरीले जनाएको छ।