२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सिङ्गो बस्ती नै तरकारी खेतीमा

२०७५, २१ कार्तिक बुधबार ०९:००

कात्तिक २१, भीमदत्तनगर | कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा अधिकांश किसान अन्नबाली छाडेर नगदेबालीका रुपमा तरकारी खेती गर्न थालेका छन् । तरकारीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका किसान व्यावसायिक रुपमा तरकारी खेतीमा लागेका हुन् ।

लामो समय वैदेशिक रोजगारीमा रहेर गाउँ फर्किएका आदिवासी जनजाति समुदायका युवा पनि तरकारी खेती गरेर आयआर्जन गरिरहेका छन् । “यहाँ तरकारी खेतीबाहेक अरु खेती देख्न मुश्किल पर्छ ।”

स्थानीय तरकारी खेती गर्दै आएका किसान हरिराम चौधरीले भन्नुभयो, “अरु खेतीभन्दा यसमा बढी मुनाफा भएर सबै तरकारीमै लागे ।” २०५८ सालमा चार कठ्ठा जमीनबाट तरकारी खेती शुरु गरेका हरिराम चौधरीले अहिले १५ बिगाहा जमीनमा तरकारी खेती गरेका छन् ।

“राम्रो आम्दानीसँगै तरकारी खेतीले जिल्लामै किसानमाझ आफ्नो परिचय बनाइदियो ।” उहाँले भन्नुभयो, “अहिले गाउँमै तरकारी खेतीको लहर चलेको छ ।”

कुनै बेला आर्थिक अवस्थाले समस्या रहेको बताउँदै चौधरीले तरकारी खेतीबाट कमाइले धेरै सम्पति जोडेको बताउनुभयो ।

“शुरुमा त धेरै समस्या थियो, जब मैले तरकारी खेती शुरु गरे राम्रो आम्दानी भएपछि खेती विस्तार गर्दै गए मेहनत गरे अहिले रामै्र छ ।” उहाँले भन्नुभयो, “तरकारीले नै पाँच पटक सम्मान थाप्ने अवसर समेत पाए ।”

जिल्ला कृषि विकास कार्यालय, युवा स्वरोजगार र राष्ट्रपति पुरस्कारबाट समेत सम्मानित भएका चौधरीले तरकारीकै आम्दानीबाट कैलालीको अत्तरियामा जमीन खरीद गरेर घर बनाएका छन् । “तरकारीको कमाइले ट्र्याक्टर, अत्तरियामा घर बनाउनुका साथै एक बिगाहा जमीन जोडे ।” उहाँले भन्नुभयो, “मिहेनत गरे विदेशिनु पर्दैन ।” उहाँले तरकारी खेतीबाट वार्षिक रु १२ देखि १३ लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

त्यस्तै बालुवाफाँटाका टेकबहादुर चौधरी पनि तरकारी खेतीमै व्यस्त छन् । दुई वर्ष कतारमा मजदूरी गरेर घर आएको चौधरीले अहिले १५ कठ्ठा जमीनमा तरकारी लगाएका छन् । “वैदेशिक रोजगार मन नपरेपछि यहाँ आएर एक कठ्ठाबाट तरकारी खेती थालेको थिए ।” उहाँले भन्नुभयो, “खेती फष्टाउन थालेपछि बढाउँदै लगेको छु ।”

उहाँले तरकारी खपतका लागि बजारको समस्या नरहेको बताउनुभयो । “तरकारी लिन जिप गाउँमै आइपुग्छन् ।” उहाँले भन्नुभयो, “गाडी नआएको दिन मोटरसाइकलमा भए पनि तरकारी बजार पु¥याउँछु ।”

कृष्णपुर नगरपालिका–६ का वडाध्यक्ष नत्थुराम चौधरीले गाउँमा ५० प्रतिशत किसान तरकारी खेतीमा लागेको बताउनुभयो । “पहिले त धान गहुँमै जोड थियो ।” वडाध्यक्ष चौधरीले भन्नुभयो, “अहिले तरकारी खेती उचाइमा पुगेको छ ।” उहाँले किसानको प्रोत्साहनका लागि सरकार र स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस