झापामा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

Posted on: 13 Nov, 2018

कात्तिक २७, दमक । कारको ठक्करबाट झापाको दमकमा मंगलबार एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाका अनुसार पूर्व-पश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा कारले ठक्कर दिँदा खोटाङ साकेला गाँउपालिका–४ का ५५ वर्षीया सीतामाया खड्काको मृत्यु भएको हो । खड्का दमक–९ मा बस्दै आएका थिए ।

बाटो काट्ने क्रममा पूर्वबाट आउँदै गरेको बा१७च ८१७२ नं को कारले खड्कालाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते खड्काको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!