2026-09-19 01:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा ८५ वटा मानवअधिकार उल्लङ्घनका घटना

कात्तिक २८, भोजपुर | भोजपुरमा सन् २०१८ को जनवरीदेखि हालसम्म ८५ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरले वार्षिक पूर्वसमीक्षा तथा मानव अधिकार अवस्था विषयको छलफल कार्यक्रममार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

प्रतिवेदनमा एक वर्षभित्र भोजपुरमा पाँच पुरुष, तीन महिला र एक बालिका गरी नौ जनाको हत्या भएको जनाइएको छ । त्यस्तै सात महिला र १२ बालिका गरी १९ जना बलात्कृत भएका छन् भने पाँच महिला र तीन बालिका बलात्कारको प्रयासबाट पीडित भएका छन् । 

त्यसैगरी घरेलु हिंसा १२, कुटपिट ३०, हत्या प्रयास चार, घरेलु हिंसा एक, बहुविवाह दुई र मानव बेचबिखनका एक वटा घटना गरी जिल्लाभर ८५ वटा घटना सङ्कलन गरेको इन्सेक भोजपुरका प्रतिनिधि गणेश विष्टले जानकारी दिनुभयो । 

जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले घटेका घटना र घट्न सक्ने घटनाको न्यूनीकरणका लागि सबैलै एकजुट भएर लाग्नुपर्ने बताए । नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को प्रकाशनपूर्व, सन् २०१८ मा भोजपुरमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन सार्वजनिक गर्दै ‘पुस्तक पूर्वसमीक्षा र जिल्लाको मानव अधिकारको अवस्था’ विषयक छलफल कार्यक्रम गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई