२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विशेष अदालतमा आरोपत्र दायर

२०७५, २८ कार्तिक बुधबार ११:५४

कात्तिक २८, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल, नायव सुब्बा रामचन्द्र पौडेल र खरिदार सञ्जय शर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

जग्गा धितोबन्धक पास गर्ने सिलसिलामा सेवाग्राहीसँग रु. ५०–५० हजार घुस लिएको अवस्थामा पक्राउ परेका अभियुक्तत्रयलाई बिगो रु ५० हजार कायम गरी जरिवाना र कैद सजाय हुन मागदावी लिइ आयोगले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 

यसैगरी आयोगले महानगरीय प्रहरी वृत्त, बौद्ध, काठमाडौंका प्रहरी नायव उपरीक्षक श्यामकुमार राईविरुद्ध पनि रु. एक लाख चालीस हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजाय माग गर्दै सोही अदालतमा मुद्दा दायर गरेको छ । 

अभियुक्त राईलाई सेवाग्राहीसँग सोनी कम्पनीको टेलिभिजन सेट खरिद गर्न घुसबापत रु एक लाख चालीस हजार लिएको अवस्थामा आयोगको टोलीले केही दिनअघि रङ्गेहात पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ