प्रेम सुनार । कार्तिक–२९, बुटवल । कुनै समय जिल्ला सदरमुकाम वरपरीका होटल , रेष्टुरेण्टमा कर्मचारीहरुको भिडभाड र विलासी खान–पिन संस्कार स्थानिय तहको गठन पछि एकादेशको कथा जस्तै बन्न पुगेको छ । बिशेष गरी साँझ पर्न साथ कर्मचारी र केहि विभिन्न ब्यबसायीहरुको खचाखच भिडले होटल र रेष्टुरेन्ट ब्यवस्यायीहरुले अरु सामन्य खालका ग्राहक समेत भित्र पसेको नरुचाउने र ठाउँ प्याक छ भनेर पठाउने गर्दथे ।
महँङ्गा–महँङ्गा हुकाहरु तान्दै गरेका , ब्राण्डेट वाईन, हुस्की र कसैले वियरको चुस्की लिदै र अलग अलग मासु आईटमको स्वाद लिदै गरेका ती कर्मचारीहरु मध्ये ठुलो पद भनेको लेखापाल र सह–लेखापाल सम्म हुन्थे । अरु नासु, खरिदार र ओभर सियरहरु हुन्थे । होटल रेष्टुरेन्टहरुमा बढि मात्रमा विलासी खानपिन तत्कालिन जिल्ला विकास समिति , जिल्ला प्राविधिक कार्यालय , जिल्ला शिक्षा , सडक, खानेपानीका कर्मचारीहरु ब्ढि हुन्थे ।
जहाँ आफु निकट पत्रकार, निर्माण ब्यबसायी र केहि उपभोक्ता समितिका पदाधिकारीहरु पनि आमन्त्रित हुन्थे । जुन पार्टीमा विकासका भन्दा रकम विनासका बारे छलफल बढि केन्द्रित हुन्थ्यो । रकम निकासीका लागि होटलको बन्द कोठामा कसरी किर्ते गर्ने ? भन्ने बारे उपभोक्ता समिति र विद्यालयका प्रतिनिधी, निर्माण ब्यबसायीहरुलाई त्यसको फर्मेट उपलब्ध गराईन्थ्यो । कमिशनको टुङ्गो पनि त्यसै जाँड पार्टी मै लगाईन्थ्यो ।
प्रदेश ५ का केहि जिल्लाका सदरमुकाममा पुगेर गरिएको स्थलगत अध्यानले उति बेलाका ती विलासी कर्मचारीहरु अहिले टिठ लाग्दो पाईयो । हिजोको ती होटल र रेष्टुरेण्टहरु यति बेला उनिहरुको पहुँच भन्दा धेरै टाढाको कुरा बन्न पुगेको उनिहरु सदरमुकाम मै हुँदा पनि आउन छाड्नुले स्पष्ट हुन्थ्यो ।
एक रेष्टुरेण्ट ब्यबसायीले नाम बताउने सर्तमा उति बेला उनिहरुको हाईफाई जिवन शैलीबारे यसरी वर्णन गर्छन–‘ साँझ बाट बसेका उनिहरु रातको दुई तीन बजे सम्म नाच गान र होहल्ला गरेर बस्थे । उनिहरु त्यसरी हो हल्ला गर्दा पनि नजिकै पट्रोलिङ्गमा हिडेका प्रहरीले नसुने झै गरेर बाटो लाग्थे । ‘मैयाँहरु’ पनि वियर र चुरोटले साथ दिन्थे ।
उनिहरुको गिलिल्ल नकचरो हाँसो र ब्यबहारले आफ्ना छोरा छोरीको संस्कार पनि त्यस्तै बस्ला भन्ने लाग्थ्यो र उनिहरुलाई त्यस हलमा छिर्न दिदैन्थ्यौं । दर्जनौले रातभरी हजारौंको विल हुने गरी खान पिन गर्दथे र अर्को दिन कार्यालयको खाजा खर्चको खातामा विल बनाउन लगाउँथे ।
उनिहरुको खानपिनको विल गाभ्ने क्रममा एक दिन त एउटै कार्यक्रमको खाजा खर्च झण्डै डेढ लाखको बन्न पुगेको थियो । उति बेला हामीले एउटै कार्यालयका कर्मचारीको भरमा रेष्टुरेण्ट चलाउन सकेका थियौं अहिले त भाडा उठाउन पनि हम्मेहम्मे परेको छ । ’
हुन पनि अहिले सदरमुकामका होटल , रेष्टुरेण्ट सुक्दै गएका छन । स्थानिय तहको गठन पछि गुल्मीको सदरमुकाम तम्घासमा ३० प्रतिशत होटलव ब्यबसायीहरु विस्थापित भई सकेको र आफ्नै घरमा चलाएका र बेच्न नसकेका बाँकी ७० प्रतिशत होटल विस्थापित उन्मुख रहेको होटल व्यवसायी संघ गुल्मीका संस्थापक अध्यक्ष युवराज भण्डारी बताउँ छन ।
भन्छन –‘ बाँकी रहेका होटलहरु कहिले बिक्रि गर्न सकिएला भन्ने अबस्थामा छन । आफ्नै घरमा चलाएका र केहि उच्च सुविधा सम्पन्न होटलहरु चलेकै छन तर साना चिया , खाजा पसल देखि भात सम्म बेच्ने होटलहरु सुकेका छन । हिजो कार्यालयहरु रहेकै कारण चलेका थिए । सदरमुकामा साना ठुला गरी २ सय ३५ वटा सम्म होटल थिए । अहिले गाउँबाट मानिसहरुको आवत जावत एकदमै कम छ , जसको असर यहाँका सबैखाले ब्यबसायीहरुलाई परेको छ ।’
हुन पनि त्यसरी हिजो सामन्य ग्राहकलाई पस्न बस्न नदिने ती होटल र रेष्टुरेण्टवालाहरुले अहिले तीनै सामान्य ठानिएका ग्राहकहरुलाई हात उठाउँदै र बोलाउँदै भित्र स्वागत गर्न थालेको भेटियो । कसैले त्यो ब्यबसायबाटै टाट पल्टेर गाउँतिर गएको भेटियो ।
यस प्रदेश अन्तर्गत एक जिल्लामा तत्कालिन जिविसमा कर्मचारी रहेका एक जना कर्मचारी भन्छन –‘ ती दिन त सपना जस्तै लाग्न थाल्यो । अहिले त विहानमा चिया पिउन पनि गाह्रो हुन थालेको छ । हिजोका ती कर्मचारी साथी पनि लाखापाखा लागे । को कहाँ छन भन्ने पनि लेखाजोखा छैन । ति साथीहरु नभेटेको पनि धेरै भई सक्यो । अस्याट पो लाग्न थालेको छ ।
उनि सहित हिजोको त्यो जिविस जिसस बने पछि रहेका केहि कर्मचारीहरु कुनै संग्राहलयको सुरक्षार्थ खटिएका कर्मचारीहरु झैं हाई काट्दै बसेका थिए । कुनै दिन प्राय प्रत्येक फाँटमा खुट्टा राख्ने ठाउँ नहुने ती कोठाहरु रित्तै देखिन्थे । टेवुल अगाडी कुर्ची घुमेर विपरित दिशामा फर्किएको कुर्ची र टेवुल भुँईमा खसेको पनि कसैलाई मतलव नभए जस्तो देखिन्थ्यो ।
त्यति ठुलो भवन, त्यति धेरै कोठा र त्यति ठुलो संरचना खास भन्नु पर्दा अहिले दुरुपयोग भएको छ । जिल्ला समन्व्य समितिका प्रमुखको कार्यकक्षमा रहेको उनको कुर्चि र आगन्तुकहरु बस्ने सोफाहरुले मानिसहरुको अस्याट मानिरहेको जस्तै अनुभुत हुन्थ्यो । कार्यालयमा नपुगौं भन्ने लागेर प्रमुख र सदस्यहरु ीनयमित जान नरुचाएका होईन । तर कति दिन आफुले आफैलाई दिनैभर त्यस कार्यालयमा कुर्ने ? फिटिक्कै कोही भित्र पस्दैन । केहि काम परे फोन गर्छ , केहि सुझाव सल्ला दिन र समन्व्य गर्ने न हो ?
अरु कार्यकारी अधिकार नभए पछि पट्यार लाग्दो त्यो एक्लो कुर्चीमा बस्दा बस्दै निदाउनु भन्दा बरु यसो कहिले काँकी अनुगमनमा निस्कीयो खिस्सै खत्तम जस्तो लागेर होला सो कार्यालयमा प्रमुख , उपप्रमुख र सदस्यहरुलाई विरलै मात्र भेट्न सकिन्छ ।
जे होस समन्व्य अधिकारी धेरे जसो समय कार्यालय मै भेटिए । कामै नभए पछि कति कुरुँन र ? यसो निस्कीन्छन क्वाटर तिर कोही आए खबर गर्न भनेर सहयोगीलाई अह्राउँदै । कि काम दिनु कि त त्यस्तो संरचना नै नराख्नु जस्तै लाग्छ देशैभर जिल्ला समन्व्यको यस्तो अवस्था देख्दा ।
भुमिका विहिन महराजहरु हिजो राणशासनमा भाईभारदारहरुलाई गराईन्थ्यो भनिन्छ श्रृंङ्गारिक मानसम्मानका लागि । तर लामो राजनैतिक आन्दोलन लडेर आएका र केहि गरे देखाउँ भन्ने जोसा र क्षमताका ती समन्व्य प्रमुख , उपप्रमुखहरुलाई यति बेला केहि गरेर देखाउँ भन्ने भुमिका चाहिन्थ्यो , सम्मान त्यो पनि यो युगमा चाहिएको थिएन ।
कर्मचारी दिनैभरी बाहिर घाम तापेर समय गुजार्नु पर्ने अबस्था छ । उनिहरुलाई पनि केहि काम दिनु पर्दथ्यो । कामै दिईन्न भने किन राख्ने त्यो संरचना ? हिजो जिविसको सेकेण्डमेनका रुपमा रहेका योजना अधिकृतहरु अहिले गाउँपालिकाको कर्मचारी बन्न पुगेका छन ।
अहिलेको समन्व्यमा समन्व्य अधिकारी भएर बस्नु भन्दा उनिहरुलाई स्थानिय कै कार्यकारी जिम्मेवारी ठिक लागेको छ । उनकै तहका हिजो जिल्ला चलाउने अन्य कर्मचारीहरु पनि विभिन्न स्थानिय तहमा छरिएका छन । पुराना र वरिष्ठ ती कर्मचारीहरु स्थानियतहमा हिजो आफैले कखरा सिकाएका भाईहरुको मातहतमा काम गर्न पाउँदा नयाँ जोसहरुको अनुभव प्राप्त गर्न पाएका छन ।
लोकसेवा पास गरेर प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी लिएर आएका युवाहरुको काम गर्ने शैली हिजोका ती बरिष्ठहरुको भन्दा निकै फरक छ । संघियता र गणतन्त्रको भाव अनुसार काम गर्ने जोश उनिहरुमा पाईएको छ । यो देशको घुस कमिशन विरुद्ध हिजो युद्ध र आन्दोलनमा समेत होमिएका ती प्रमुख प्रशासकिय अधिकृत , योजना अधिकृत , लोखापाल लगायतका युवा कर्मचारीहरुले सायद बिर्सदैनन होला हिजो आफुले घुस कमिशन विरुद्धको आन्दोलनमा टाउँको फुटाएको ।
गुल्मी ,अर्घाखाँची पाल्पा , प्युठान होस वा यस प्रदेशका अन्य जिल्लामा होस लोकसेवा पास गरेर आएका नयाँ कर्मचारीहरु हिजोका कर्मचारीहरुको त्यो संस्कार र विलासी जिवन सिको गर्न पक्कै थाल्ने छैनन भन्ने अपेक्षा सबैले गरेका छन । हिजोको केन्द्रिकृत शासन प्राणालीमा सदरमुकामका कार्यालय सहयोगी समेत आफुलाई बडाहाकिम जस्तै ठान्ने गर्दथे ।
संघियाताले केन्द्रिकृत संस्कारका ती कर्मचारीहरुलाई विकेन्द्रिकरण गर्नै पर्दथ्यो र गरेको छ । अहिले संघियता धेरै टिक्दैन भन्दै जनमानसमा भ्रम छर्नेहरु तीनै पक्ति मध्येका बढि देखिन्छन । राज्यकोषमा आफै भान्से भएकाहरुलाई अहिले अरुले लगाई दिएको भाग खानु पर्दा भित्र भित्रै जलन हुनु पनि स्वभाविक होला ।
स्थनिय तहमा पुगेर बुझ्दा त्यस वरपरका होटल , रेष्टुरेण्टमा हिजो सदरमुकाममा जस्तो विलासी खनपिन खासै देखिएन । पुराना र नयाँ कर्मचारीको घुलमिलले मान्छेलाई बाघको डर , बाघलाई मान्छेको डर भने झै उनिहरु विच अहिले उमेर समुह र संस्कार मिलेको छैन । नयाँलाई पुरानाको डर छ भने पुरानालाई नयाँको डर छ ।
हिजो सदरमुकाममा हेउपेउ भएका अझ भनौ एउटै थालमा खाएका कर्मचारी एउटै स्थानिय तहमा संगै पुगेको भए उनिहरुको बसाई हिजो कै स्तरमा नभए पनि समान्य स्तरमा भएकै छ । तर अधिकांस नयाँ कर्मचारीहरु धुम्रपान र मदिरा सेवन नगर्ने पाईएको छ । पुराना कर्मचारीहरु पनि सबै त्यस्ता थिएनन र छैनन । ती मध्ये जनतालाई उचित सेवा दिउँ , राज्यकोषको दुरुपयोग नगरौ भन्ने मानसिकताका छन ।
त्यस्ता कर्मचारीहरुले पनि अहिलेको स्थानिय तहमा उचित जिम्मेवारी पाएका छन । हिजो गुल्मीमा जिल्ला मालपोतको हाकिम रहेका रामचन्द्र अर्याल पाल्पाको एक स्थानिय तहमा कर्मचारीको नेतृत्व सम्हालेको देखियो । यसरी हिजो जिल्ला हाँकेका कर्मचारीहरु अहिले तितर वितर हुँदै हिजोको साथीत्व गुमाएका छन । यसरी न रातमा जाँड पार्टी न हिजोको साथी भाई रहेको बेला नयाँ संस्कारको विकास हुन सक्छ र हुनु पर्छ । नागरिकले गरेको अपेक्षा पनि यहि हो ।