२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

वर्षौँपछि घरघरमा धारा

२९ कार्तिक २०७५, बिहीबार ०७:५३

कात्तिक २९, बागलुङ | वर्षाँैदेखि खानेपानीको समस्या झेल्दै आएका बागलुङ नगरपालिका–४ छापाका स्थानीयवासी घरमै पानी आएपछि दङ्ग छन् । 

दैनिक एक घण्टा लगाएर पानी भर्नुपर्ने समस्याले आजित भएका स्थानीय घरमै पानीको धारो आउँदा हर्षित भएका हुन् । “हामी पानीको लागि दैनिकी गुजार्दै आएका थियौँ” छापाका स्थानीय भूमिस्वर सापकोटाले भन्नुभयो, “खानेपानी ल्याउने धेरै प्रयास भए सबै प्रयास असफल भएपछि खानेपानी पाउने आशै थिएन तर आज घरकै धारामा पानी खस्दा आश्चर्यमा परेका छौँ ।” 

बागलुङ नगरपालिकाको ‘एक घर एक धारा’ अभियानअन्तर्गत छापामा ११९ घरमा धारा जडान भएपछि यहाँका स्थानीयमा खुशियाली छाएको छ । 

“अबको पाँच वर्षमा नगरका सबै घरमा पानीका धारा हुन्छन्” बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भन्नुभयो, “मेरो कार्यकालमा पानीको समस्या अन्त्य गर्ने सोचमा छु ।” कुँडुले छापा खानेपानी आयोजनालाई नगरपालिकाको आर्थिक तथा स्थानीयको श्रमदान गरी कूल रु एक करोड ३२ लाखको लागतमा आयोजना सम्पन्न गरिएको कुँडुले छापा खानेपानी आयोजनाका अध्यक्ष विवेक हमालले बताउनुभयो । 

“मुहान विवादका कारण लामो समय अलपत्र परेको आयोजना हाल आएर सम्पन्न भएको छ”, हमालले भन्नुभयो, “स्थानीयको लगाव र नगरपालिकाको पहलमा आयोजनाले सार्थकता पाएको छ ।” 

सिस्नेखोला तथा भुतेको छहराबाट पानी ल्याई एक लाख लिटरको ट्याङ्की निर्माण गरी गुरुत्वाकर्षण प्रविधिको प्रयोगबाट घरघरमा पानी वितरण गरिएको आयोजनाका इञ्जिनीयर गौरव शर्माले बताउनुभयो । आयोजनामा दुई इन्टेक ट्याङ्की, एक रिर्जभ ट्याङ्की, २५ च्याम्बर निर्माण गरी घरघरमा खानेपानी वितरण गरिएको छ । बागलुङ नगरपालिकाले नगरभित्रका करीब ६०० घरधुरीमा ‘एक घर एक धारा’ निर्माणाधीन अवस्थामा रहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै