२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

वर्षौँपछि घरघरमा धारा

२०७५, २९ कार्तिक बिहीबार ०७:५३

कात्तिक २९, बागलुङ | वर्षाँैदेखि खानेपानीको समस्या झेल्दै आएका बागलुङ नगरपालिका–४ छापाका स्थानीयवासी घरमै पानी आएपछि दङ्ग छन् । 

दैनिक एक घण्टा लगाएर पानी भर्नुपर्ने समस्याले आजित भएका स्थानीय घरमै पानीको धारो आउँदा हर्षित भएका हुन् । “हामी पानीको लागि दैनिकी गुजार्दै आएका थियौँ” छापाका स्थानीय भूमिस्वर सापकोटाले भन्नुभयो, “खानेपानी ल्याउने धेरै प्रयास भए सबै प्रयास असफल भएपछि खानेपानी पाउने आशै थिएन तर आज घरकै धारामा पानी खस्दा आश्चर्यमा परेका छौँ ।” 

बागलुङ नगरपालिकाको ‘एक घर एक धारा’ अभियानअन्तर्गत छापामा ११९ घरमा धारा जडान भएपछि यहाँका स्थानीयमा खुशियाली छाएको छ । 

“अबको पाँच वर्षमा नगरका सबै घरमा पानीका धारा हुन्छन्” बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भन्नुभयो, “मेरो कार्यकालमा पानीको समस्या अन्त्य गर्ने सोचमा छु ।” कुँडुले छापा खानेपानी आयोजनालाई नगरपालिकाको आर्थिक तथा स्थानीयको श्रमदान गरी कूल रु एक करोड ३२ लाखको लागतमा आयोजना सम्पन्न गरिएको कुँडुले छापा खानेपानी आयोजनाका अध्यक्ष विवेक हमालले बताउनुभयो । 

“मुहान विवादका कारण लामो समय अलपत्र परेको आयोजना हाल आएर सम्पन्न भएको छ”, हमालले भन्नुभयो, “स्थानीयको लगाव र नगरपालिकाको पहलमा आयोजनाले सार्थकता पाएको छ ।” 

सिस्नेखोला तथा भुतेको छहराबाट पानी ल्याई एक लाख लिटरको ट्याङ्की निर्माण गरी गुरुत्वाकर्षण प्रविधिको प्रयोगबाट घरघरमा पानी वितरण गरिएको आयोजनाका इञ्जिनीयर गौरव शर्माले बताउनुभयो । आयोजनामा दुई इन्टेक ट्याङ्की, एक रिर्जभ ट्याङ्की, २५ च्याम्बर निर्माण गरी घरघरमा खानेपानी वितरण गरिएको छ । बागलुङ नगरपालिकाले नगरभित्रका करीब ६०० घरधुरीमा ‘एक घर एक धारा’ निर्माणाधीन अवस्थामा रहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल