२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङमा स्कुल बसको ठक्करबाट एकको मृत्यु

२०७५, ३० कार्तिक शुक्रबार १०:४०

कात्तिक ३०, लमजुङ | बेंसीशहर नगरपालिका–१ उदिपुरको खहरे खोलामा स्कुल बसको ठक्करबाट आज बिहान एक पैदल यात्रुको मृत्यु भएको छ । 

बेंसीशहर नगरपालिका–४ पुरानोकोटका ७३ वर्षीय टकबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उदिपुरस्थित गोल्डेन फ्युचर एकेडेमीको ना३ख ७३९४ नंको बसले विद्यार्थी पु¥याएर फर्कने क्रममा बिहान ९ः३० बजे वृद्धलाई ठक्कर दिएको थियो । 

स्कुल बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्याललय लमजुङका प्रहरी निरीक्षक वसन्तराज पाण्डेले जानकारी दिनुभयो । मृतक गुरुङ उदिपुरबाट पुरानोकोट जाने क्रममा खहरेखोलामा स्कुल बसले ठक्कर दिएको उहाँले जानकारी दिनुभयो । 

परिवारका सदस्य जिल्ला प्रहरी कार्यालयमा आउने क्रममा हुनुहुन्छ । “उहाँहरु आएपछि आवश्यक प्रक्रिया पूरा गरी शव परिवारलाई हस्तान्तरण गर्छौं”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण