२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

इँटाभट्टा सञ्चालनमा रोक

२०७५, ३० कार्तिक शुक्रबार ११:१९

कात्तिक ३०, काभे्रपलाञ्चोक | नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा इँटा उद्योग सञ्चालनमा रोक लगाएको छ । यसअघि चालु आर्थिक वर्षका लागि कार्यालयले नगरपालिका क्षेत्रभित्र अव्यवस्थित इँटा उद्योगको नवीकरणमा समेत रोक लगाएको थियो । 

कार्यालयले आज सूचना जारी गर्दै सर्वसाधारणलाई इँटा उद्योगलाई आफ्नो जमीन उपलब्ध नगराउन अनुरोध गरेको छ । स्थानीयवासीले केही वर्षदेखि इँटा उद्योगका लागि आफ्नो जमीन भाडामा दिँदै आएका थिए । नगरप्रमुख टङ्कप्रसाद शर्माले इँटा उद्योगको गत आर्थिक वर्षको कर मात्र लिएको र चालु आर्थिक वर्षको दर्ता÷नवीकरण रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ अब इँटाभट्टा चल्न दिन्नँ ।” 

नमोबुद्ध नगरपालिकाका ३१ सङ्घसंस्थाले भकुण्डेमा रहेका इँटा उद्योग सञ्चालनमा रोक लगाउन कार्यालयमा निवेदन दिएका थिए । जिल्लामा सञ्चालित २० इँटा उद्योगमध्ये नमोबुद्धको भकुण्डेमा आठ इँटा उद्योग छन् । गत वैशाखमा वातावरण विभाग र नमोबुद्ध नगरपालिकाको संयुक्त अध्ययन, अनुगमन टोलीले भकुण्डेमा सञ्चालित इँटा उद्योग मापदण्ड विपरीत भएको निष्कर्ष निकालेको थियो । टोलीले इँटा उद्योगबाट निस्कने धुँवा–धुलोका कारण मानव, घरपालुवा जनावर, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा असर परेको जनाएको थियो । “अनुगमनपछि इँटा उद्योग दर्ता तथा नवीकरणमा रोक लगाउने निणय ग¥यौँ,” उहाँले भन्नुभयो । 

यस्तै पाँचखाल नगरपालिकाले समेत इँटा व्यवसायीलाई मापदण्डअनुरुप सञ्चालन गरिएको वातावरणमैत्री प्रमाण पेश गर्न आह्वान गरेको छ । नगर उपप्रमुख लक्ष्मी दनुवारले भन्नुभयो, “इँटा व्यवसायीलाई पटकपटक प्रमाण पेश गर्न भनेका छौँ, उहाँहरुले अटेर गरिरहनुभएको छ, एक महीना भित्र प्रमाण पेश गर्न भनेका छौँ ।” इँटा उद्योग सङ्घका जिल्ला अध्यक्ष जीतेन्द्र खयमलीले उद्योगलाई वातावरणमैत्री बनाउनेबारे छलफल भइरहेको बताउनुभयो । 

औद्योगिक क्षेत्र सञ्चालन ऐन २०५९ अनुसार इँटा उद्योग मानवबस्ती, विद्यालय र वन क्षेत्रभन्दा ५०० मिटर टाढा सञ्चालन गर्न पाइने प्रावधान छ । उद्योग मन्त्रालयको कार्यविधि २०७२ अनुसार बस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्नेछ । जिल्लाको पाँचखाल नगरपालिकामा सात, नमोबुद्धको भकुण्डेमा आठ, पनौतीको शङ्खुमा एक, बनेपामा एक, मण्डनदेउपुरमा दुई र धुलिखेलमा एउटा इँटा उद्योग रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस