२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नौ विद्यार्थी पक्राउ

१ मंसिर २०७५, शनिबार ०४:४४

मङ्सिर १, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार रजिष्ट्रार मनराज कोलाक्षपति र सेवा आयोगको अध्यक्ष रामनाथ ओझालाई कार्यालयमै बन्दक बनाएकाले साँझ विद्यार्थीलाई नियन्त्रणमा लिइएको बताउनुभयो । उनीहरुले दिनभर धर्ना बसेर पदाधिकारीका गाडीसमेत चलाउन नदिएका कारण प्रहरीले लाठीचार्जसमेत गर्नुपरेको थियो । बन्धक बनाइएका पदाधिकारीलाई उनीहरुको सवारीसाधनमा घर पठाइएको उहाँले बताउनुभयो । 

पक्राउ पर्नेमा अनेरास्ववियुका विश्वविद्यालयका एकाइ अध्यक्ष हेमराज कठायत, भास्करसिंह ठकुरी, सन्तोष खतिवडा, केशवराज काफ्ले, अबित रेग्मी, झलक जोशी, दर्शन अधिकारी, बामदेव रेग्मी, सुमन पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

विश्वविद्यालयले सम्बन्धन दिएका निजी क्याम्पससहितले भर्ना खोलेपछि विद्यार्थी र प्राध्यापक आन्दोलित हुँदै आएका छन् । उनीहरुले विश्वविद्यालयमा लगाएको ताला बिहीबार बिहान प्रहरीले तोडेको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो