२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

दमौली अस्पतालको स्तरोन्नति आवश्यक

१ मंसिर २०७५, शनिबार ११:१०

मङ्सिर १, दमौली | तनहुँको सदरमुकामस्थित दमौली अस्पतालको स्तरोन्नतिमा जोड दिइएको छ । अस्पताल व्यवस्थापन समितिले आज दमौलीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अस्पतालको स्तरोन्नति हुनुपर्नेमा जनप्रतिनिधि एवं सरोकारवालाको जोड रहेको छ । 

हाल १५ श्ययामा सञ्चालित अस्पताललाई ५० श्ययाको रुपमा विकास गर्नुपर्ने उहाँहरुको भनाइ छ । अस्पतालको स्तरोन्नतिका लागि जग्गाको व्यवस्थापन कठिन विषय रहेकोले जग्गाको व्यवस्थापनका निम्ति सबै एकमत भएर लाग्नुपर्ने उहाँहरुले बताउनुभयो । 

तनहुँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले जग्गाको व्यवस्था भए अस्पतालको स्तरोन्नतिमा समस्या नरहेकाले जग्गाको व्यवस्थापनका लागि सबै एकमत भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले दमौली अस्पतालसँगै रहेको कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल एवं पशु सेवा विज्ञ केन्द्रको खाली जग्गा र प्रहरी उपरीक्षक निवासको जग्गालाई अस्पतालको स्तरोन्नतिका लागि प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो । 

तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले लामो समयदेखि अस्पतालको स्तरोन्नतिका विषयमा कुरा चल्दै आएपनि ठोस काम हुन नसकेको भन्दै अब यसलाई निष्कर्षमा पुर्याउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले अस्पतालको लागि आवश्यक जग्गाको व्यवस्थापनका लागि जनप्रतिनिधि, राजनीतिक दल एवं सबै सरोकारवाला एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो । 

गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक र सरिता गुरुङले अस्पतालको स्तरोन्नतिका लागि आफूहरुले आफ्नो ठाउँबाट पहल गर्ने बताउनुभयो । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पतालको जग्गा दमौली अस्पताललाई दिनुपर्ने बताउनुभयो । 

पन्ध्र श्ययाको अस्पताललाई ५० श्ययाको बनाउन ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । हाल दमौली अस्पताल १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । तनहुँको साथै कास्कीको पूर्व र लमजुङको पश्चिम क्षेत्रका सर्वसाधारणलाई सेवा प्रवाह गर्दै आइरहेको अस्पताललाई थप सुविधा सम्पन्न बनाउन स्तरोन्नति आवश्यक रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अस्पतालको स्तरोन्नतिका लागि थप ३५ रोपनी जग्गा आवश्यक छ । यसको लागि यहाँका सबै सरोकारवालाको साथ र सहयोग आवश्यक पर्दछ ।” दैनिक एक सय भन्दा बढी बिरामी स्वास्थ्य उपचारका लागि आउने दमौली अस्पताललाई ट्रमा सेन्टरको रुपमा समेत विकास गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो । ‘‘पृथ्वीराजमार्ग तनहुँ जिल्लाभित्र पर्दछ, यहाँ दैनिकजसो दुर्घटना हुने गरेका छन्,’’ उहाँले भन्नुभयो, “त्यसका लागि अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।” 

हाल दमौली अस्पतालमा सरकारी दरबन्दीमा तीन डाक्टरमध्ये एक जना मेडिकल सुपरिटेण्डेट र करारमा समेत गरी आठ डाक्टरले सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेट डा सुनिल पौडेलले अस्पतालको स्तरोन्नति गर्न सकिए सरकारी फिजिसियन, सर्जन, बालरोग, प्रसूतिरोगका विशेषज्ञ डाक्टरको दरबन्दी थप हुने जानकारी दिनुभयो । साथै १० जना स्टाफ नर्सको दरबन्दी समेत थपिन्छ । 

दमौली अस्पतालमा सरकारीतर्फका १८ र अस्पताल व्यवस्थापन समितिबाट १८ करारमा कर्मचारी कार्यरत छन् । १५ श्ययाको अस्पताल भए पनि समितिले ३७ वटा श्ययामा सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेको छ । डा पौडेलका अनुसार डायलोसिस केन्द्रमा आठ, आकास्मिक कक्षमा छ जना, बिरामी भर्ना गर्न १६ र प्रसूतिमा सात श्यया रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान