२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अपराध नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने डिएसपी खनालको उद्घोष

२०७५, २ मंसिर आईतवार ०८:१६

राम नारायण पंडित | मङ्सिर २, सिरहा | अपराधिक क्रियाकलाप नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेव खनालले बताएका गरेका छन् । 

केहि दिनअघि मात्र कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर आएका डिएसपी खनालले शनिवार कार्यालय परिसरमा अयोजना गरेको परिचयात्मक कार्यक्रममा जनतालाई शान्ति, सुरक्षाको अनुभुति हुने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् । गुण्डागर्दी, तस्करी, वेश्याबृति, समाजिक बिकृति, लागुऔषधको कारोवार, लुटपाट लगायतका गतिबिधिहरुलाई नियन्त्रण गर्ने उनले दाबी गरेका छन् ।  


उनले भने “यस ईलाकाको जिम्मेवारी दिएर मलाई पठाएको छ, कानुनको अधिनमा रही म काम गर्छु, तपाईहरुलाई यसमा सहयोग गर्नुपर्छ ।” अगाडी उनले थपे “यहाँ चार महिनामा चारजना कार्यालय प्रमुख फेरिएछ, यो राम्रो संकेत होईन, यसमा तपाई स्थानिय जनप्रनिधि, राजनितिकर्मीहरुलाई पनि आ–आफ्नो स्थानबाट सोच्नु पर्ने अवस्था आएको छ ।” अपराध गने जो कोहिलाई कानुनको दायरामा ल्याएर कार्वाही गर्ने बताउँदै डिएसपी खनालले अपराधिलाई छुटाउनका लागि प्रयास नगर्न सवैलाई आग्रह गरे । नागरिकहरुको हातेमालोले मात्रै अपराध मुक्त समाज निमार्ण हुने भएकाले अपाराधिको वकालत नगर्न आग्रह गर्दै उनले जनताको सुरक्षाको सवालमा आफु पछाडी नपर्ने स्पष्ट गरे । 

डिएसपी खनालले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको माध्यमले  समाजमा हुने अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउनुको साथै सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्ने बताए । समाजमा हुने अपराध नियन्त्रण प्रहरीको एकल प्रयासबाट मात्रै सम्भव नभएकाले स्थानिय नागरिकहरुलाई सहयोगको आवश्यक्ता रहेको उनले औल्याएँ । 

कार्यक्रममा डिएसपी खनालको साथै सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरीका डिएसपी गहेन्द्र बहादुर भण्डारी, मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादब, उपमेयर जिबछीदेवि साह, बिभिन्न बडाका बडाअध्यक्षहरु, राजनितिकर्मी, ब्यापारी, स्थानियवासी, संचारकर्मी लगायतका उपस्थित रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस