२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

चार वर्षसम्म पनि टहरामै बास

३ मंसिर २०७५, सोमबार १०:०१

मीना घोरसाइने | मङ्सिर ३, काभ्रेपलाञ्चोक | जस्ता पाताले बारिएको टहराभित्र पनि ससाना दुईवटा कोठा छन् । एउटा कोठाभित्र तीनवटा खाट र अर्काभित्र एउटा खाट र एउटा कुनामा यत्रतत्र छरिएका भाँडा र अगेना छ । सँगै दुई भैँसी, दुई पाडापाडी र चार बाख्रा बाँधिएको गोठ देख्न सकिन्छ । 

यो मण्डनदेउपुर नगरपालिका–२ स्थित लुवा गाउँका ६० वर्षीय आइते तामाङको घर हो । भूकम्प गएको चार वर्ष बितिसक्न लाग्दा पनि अझै आइतेको परिवारले पक्की घर बनाउन सकेको छैन । उहाँ भन्नुहुन्छ, “घर बनाउन त सोचेको तर आर्थिक स्रोत बलियो नभएर नै बनाउन सकेको छैन । अस्थायी टहरामै चार वर्ष बित्न लाग्यो ।” सरकारले भूकम्प पीडितका लागि दिएको पहिलो किस्ताबापतको रु ५० हजार रकम लिएपनि घरखर्च चलाउँदैमा सकिएको उहाँले बताउनुभयो । घर बनाउन शुरु गर्न नसकेकाले दोस्रो किस्ता लिन नसकेको उहाँको भनाइ छ । 

विसं २०७२ वैशाख १२ को पहिलो भूकम्पले नै आइतेको घर ढालिदिएपछि उहाँको पाँच जनाको परिवार अस्थायी टहरामा बसोवास गर्दै आएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पटक÷पटक घर निर्माणका लागि म्याद थपिसक्दा पनि उहाँले घर बनाउन शुरु गर्न सक्नु भएको छैन । कृषि मजदूरीबाट गुजारा चलाउँदै आएको उहाँसँग घर बनाउन आवश्यक रकमको अभावले टहरामै दुःखसाथ बस्दै आएको छ । उहाँको परिवार ज्याला मजदूरीबाटै चल्दै आएको छ । त्यसमाथि उक्त क्षेत्रमा बढ्दै गएको बँदेलको अतिक्रमणले आइतेले उत्पादन गर्नु भएको कुनै पनि अन्न भित्र्याउन नपाउँदै सखाप पारिदिन्छ । 

आइते जस्तै रोहिणीका हरि ढकालले पनि अहिलेसम्म घर बनाउने काम शुरु गर्नुभएको छैन । जङ्गली जनावरको अतिक्रमणका कारण आफू घर बनाउने कि नबनाउने भन्ने अन्योलमा रहेको उहाँले बताउनुभयो । “यही क्षेत्रमा घर बनाउँ भने बँदेलले केही उत्पादन हुन दिँदैन, अन्यत्र बनाउँ आफूसँग बलियो आयस्रोत छैन”, ढकालले भन्नुभयो । खेती र पशुपालनको आयस्ताले दुई छोराछोरी पढाउन र घर खर्च चलाउन ढकाल परिवारलाई धौधौ हुने गरेको छ । 

काठमाडौँ, भक्तपुर र सिन्धुपाल्चोक नगरपालिकाको सिमानामा पर्ने यस नगरपालिका जिल्लाका अन्य पाँच नगरपालिकाभन्दा भौगोलिक रुपमा पछाडि छ । यस नगरपालिकाको २ नं वडाले काठमाडौँ र भक्तपुर नगरलाई छोएको छ । यस नगरका स्थानीयवासीको प्रमुख उत्पादन भनेको दूध हो । 

वडामा सबैभन्दा धेरै गुरुङ र तामाङ समुदायका मानिसको बसोवास पाइन्छ । प्रशस्त चरण क्षेत्र र घाँसको उपलब्धताका कारण बँदेलले दुःख दिए पनि यस क्षेत्रका मानिसका लागि यही क्षेत्र उपयुक्त भएको वडाध्यक्ष केशवप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । 

“बँदेल पीडितलाई अन्यत्रै स्थानान्तरण गर्ने कि यहीँ राख्ने भन्ने विषयमा वडामा छलफल चलिरहेको छ”, उहाँले भन्नुभयो, “नगरका अन्य वडामा भन्दा यस वडामा बँदेल पीडितको सङ्ख्या उच्च भएका कारण बस्ती स्थानान्तरणमा केही समस्या हुनसक्ने उहाँले बताउनुभयो ।” वडामा ४५० भन्दा बढी घरधुरी बँदेलपीडित रहेको उहाँले जानकारी दिनुभयो । 

हाल नगरमा पहिलो किस्ता लिने भूकम्प पीडितमध्ये ६० देखि ७० प्रतिशतले घर बनाइसकेको नगर प्रमुख टोकबहादुर वाइवाले जानकारी दिनुभयो । “पुनःनिर्माण प्राधिकरणमा कर्मचारीको सरुवा हुँदा नगरले तत्काल बँदेल पीडितका लागि के गर्ने भन्ने निचोड निकाल्न सकेको छैन”, वाइवाले भन्नुभयो,” बँदेल पीडितका लागि नगरले केही न केही व्यवस्था गरेरै छाड्ने उहाँको प्रतिबद्वता छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य