2026-09-19 07:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङका टुहुरा बालबच्चालाई कुवेतबाट ५० हजार सहयोग

चिसाङ शेर्पा | मंसिर ४ खोटाङ | बाबुआमाको मृत्यु भएपछि बिचल्नीमा परेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ७ बालबच्चालाई आर्थिक सहयोग प्राप्त भएको छ । करेन्ट लाग्दा गत साउन १८ गते ज्यान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका चन्द्र किरात र अनिच्छुक गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको त्रुटीका कारण २०७३ साल भदौ १९ गते जिल्ला अस्पतालमा ज्यान गुमाएकी तलकुमारी राईका ५ छोरी र २ छोरालाई खोटाङ कुवेत सम्पर्क मञ्च र किरात राई यायोख्खा शाखा कुवेतले संयुक्तमा ५० हजार सहयोग गरेका हुन् । टुहुरा बालबच्चाहरुको विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि सम्पर्क मञ्च र यायोख्खाले टुहुराटुहुरी बालबच्चालाई सहयोग रकम पठाएका हुन् । 

कुवेतमा रहेर खोटाङगेहरुका लागि आपतविपत्मा सहयोग गर्दै आएको उक्त दुई संस्थाले संयुक्त रुपमा संकलन गरेको रकम हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राईको नाममा नेपाल पठाइदिएर टुहुरा बालबच्चालाई सहयोग गरेका हुन् । दुई संस्थाको प्रतिनिधित्व गरी कुवेतबाट मोहन राईले पठाएको सहयोग रकम सोमबार नगरपालिकाको कार्यालयमा राई परिवारकी जेठी छोरी बुङाटुङ चाम्लीङलाई नगर उपप्रमुख राईले हस्तान्तरण गरेकी छन् । बाबुआमा गुमाएपछि बिचल्नीमा परेका टुहुरा बालबच्चाको लालनपालन एबं उच्च शिक्षा अध्ययनका लागि संस्थाले सहयोग रकम प्रदान गरेका हुन् । विभिन्न दाताहरुबाट संकलित रकम माछापुच्छे बैंकको शाखा हलेसीमा जेठी छोरी बुङाटुङको नाम खाता खोली जम्मा गरिएको छ । हालसम्म १३ लाख १२ हजार ४९१ रुपैयाँ जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई