Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पार्किङ व्यवस्थापन गर्न दिक्तेल बजारमा ट्राफिक संकेत

२०७५, ४ मंसिर मंगलवार ०८:३४

चिसाङ शेर्पा | मंसिर ४, खोटाङ   | दिक्तेल बजारमा जथाभावी भईरहेको पार्किङलाई रोक्नका लागि ट्राफिक संकेतहरु राख्न थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने दिक्तेलबजारमा पार्किङलाई व्यवस्थित गर्न विभिन्न ट्राफिक संकेतहरु राख्न थालिएको छ ।


नगरपालिकाको आर्थिक सहयोग र ट्राफिक प्रहरीको सहकार्यमा बजारको आसपासमा राखिने गरी मंगलबार नगरप्रमुख दिपनारायण रिजालले दिक्तेल बेसक्याममा ट्राफिक प्रहरीलाई, रोक्न निषेध, हर्न बजाउन निषेध, पार्किङ निषेध, गती सिमित, विद्धालय क्षेत्रजस्ता संकेत जनाउने ट्राफिक संकेतहरु हस्तान्तरण गरेका छन् । ट्राफिक संकेतहरु पुरै तयारी भइनसकेको र बनेकाहरु गाड्ने काम हुदै जाने र खर्चको विवरण अहिले ननिस्कने नगरप्रमुख रिजालले बताए । पटक–पटक ताकेता गर्दा समेत पार्किङमा ध्यान नदिएका यातायात व्यवसायी, चालक र अन्यले सहजै देखिनेगरी बेसक्यामबाट संकेतहरु राख्न थालिएको छ । जिल्लामा दुईवटा बसपार्क र एकवटा जीप पार्क रहंदा समेत यातायात ब्यवसायीले सवारी साधन पार्किङ गरीरहेको छैन ।  

आजबाट नै राती ८ बजेदेखी भोलीपल्ट बिहान ८ बजेसम्म दिक्तेलबजारभित्र निर्माण सामग्री बोकेका सानाठूला सवारी साधन भित्र्याउन पाईने भएको छ । सो समय बाहेक अन्य समयमा त्यस्ता सवारी साधन भित्र्याएमा सामान नै जफतगरी आवाश्यक कारबाही गरिने नगरपालिकाले जनाएको छ । यस्तै, केही समयअघि विधार्थीलाई ध्यानमा राखेर बनाईएको सवारी टाईमिङ पनि कडासाथ लागू गरिने भएको छ । नगरले विधार्थीको भीडभाड हुने र दुर्घट्ना हुन सक्ने भन्दै प्रत्येक दिन बिहान ९ बजेदेखी साढे दश बजेसम्म र अपरान्ह तीन बजेदेखी साढे चार बजेसम्म दिक्तेल बजारमा मोटरबाईक बाहेक अन्य सवारी साधन चल्नमा रोक लगाउदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित