२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा अङ्गीकृत नागरिकता लिनेको संख्या बढ्दै

५ मंसिर २०७५, बुधबार ०८:५१

मङ्सिर ५, लमही | नयाँ संविधान जारी भएपछि दाङबाट अङ्गीकृत नागरिकता लिने बढ्दै गइरहेका छन् । 

२०७२ असोजमा जारी भएको नयाँ संविधानमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले अङ्गीकृत नागरिकता पाउने व्यवस्था भएपछि जिल्ला प्रशासन कार्यालय दाङले अहिलेसम्म ९१ वटा वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको छ । 

जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार आर्थिक वर्ष २०७२÷०७३ को असोजदेखि असारसम्म २६ जना, आव २०७३÷०७४ मा २१ जना, २०७४÷०७५ मा ३३ जना र चालू आवको अहिलेसम्म ११ ले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । 

अङ्गीकृत नागरिकता लिने अधिकांश नेपाली पुरुषसँग बिहे गरेका भारतीय महिला रहेको जिल्ला प्रशासन कार्यालय दाङका सूचना अधिकारीसमेत रहनुभएका आचार्यले बताउनुभयो । २०७३ असोज ३ मा संविधान जारी भएको संविधानले नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले अङ्गीकृत नागरिकता पाउने व्यवस्था गरेको छ । यसअघिको संविधानमा समेत यस्तो व्यवस्था थियो । 

अहिलेसम्म जिल्ला प्रशासन कार्यालय दाङले जम्मा ३९१ वटा वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय दाङका नायब सुब्बा बलदेव बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार विवाह दर्ता, पतिको नागरिकता, विदेशी नागरिकता परित्याग गरेको निस्सा वा प्रमाण, हुलाकको रजिष्ट्ररी गरेको रसिद र शपथपत्रसहितको आवेदन दिएको प्रमाणका आधारमा भारतीय महिलाले वैवाहिक अङ्गीकृत नागरिक प्राप्त गर्ने व्यवस्था रहेको छ । यी सबै प्रक्रिया पूरा गरेर आएको निवेदनलाई जिल्ला प्रशासन कार्यालय दाङले नागरिकता दिने गर्दै आएको उहाँको भनाइ छ । 

नयाँ संविधानले अङ्गीकृत नागरिकलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, सुरक्षा प्रमुखबाहेक जुनसुकै पदमा पुग्न पाउने अधिकारको प्रत्याभूति गरेको छ । 

अङ्गीकृत लिन यस्तो छ व्यवस्था 

नेपालको संविधान २०७२ को भाग २ अनुसार नेपाली नागरिकता वंशज, अङ्गीकृत र आवासीय गरी तीन प्रकारले पाउन सकिने व्यवस्था छ । अङ्गीकृत नागरिकता पनि दुई प्रकारले पाउन सकिने व्यवस्था छ, वैवाहिक अङ्गीकृत र जन्मको आधारमा । 

नेपालको कानूनअनुसार विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाका श्रीमान्ले अङ्गीकृत नागरिकता पाउने सवालमा ती विदेशी लगातार १५ वर्ष नेपालमा बसेको हुनुपर्ने र आफ्नो देशको नागरिकता त्यागेको हुनुपर्ने विद्यमान व्यवस्था छ तथापि नेपाली पुरुषको हकमा विदेशी महिलासँग विवाह गरेको भोलिपल्टै ती विदेशी महिलाले नागरिकता पाउने प्रावधान छ । 

त्यसैगरी नेपाली आमा र विदेशी बाबुको सन्तानले अङ्गीकृत नागरिकता पाउने तर विदेशी बाबुले नेपाली नागरिकता पाइसकेको खण्डमा भने सन्तानले वंशजको आधारमा नागरिकता पाउने प्रावधान नेपालको कानूनमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ