२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कमला नदीमा भूतमेला तन्त्रमन्त्र गर्न धामीझाक्रीको घुइँचो (फोटोफिचर)

७ मंसिर २०७५, शुक्रबार ०९:०१

राम नारायण पंडित । सिरहा ७, मंसिर । सिरहा र धनुषाको सिमाना भएर वग्ने कमला नदीमा सूर्योदयसँगै आज हजारौँ नव धामीझाँक्री वोक्सावोक्सी पवित्र जलमा डुबुल्की लगाए । हजारौ स्त्री पुरुष दुवैपट्टिका नदीका किनारमा भगता (देउता) खेलिरहेका थिए भने प्रत्येक भगतासँग समुहमा रहेका  ब्यक्तिहरुले भगतालाई प्रश्न गर्नुको साथै गीत (भगैत) गाउनमा व्यस्त रहेका थिए ।

आज बिहानै देखि कमला नदीको दृश्य रोमाञ्चक देखिन्थ्यो । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै थिए । तिनीहरु आफ्नो तन्त्रमन्त्रलाई सिद्ध गर्नका लागि आज पुर्णिमाको अबसरमा कमला नदिमा डुबुल्की मार्न आएका थिए । नदीमा धामीझाँक्री आफ्नो तन्त्रमन्त्र सिद्ध गर्न र बोक्साबोक्सी तथा भूतप्रेतबाट पीडितहरुले भय उत्पन्न हुने गरी कर्कश स्वरमा चिच्याउँदै गोसाई  (देउता) खेल्दै थिए । 


आफनो शरीरमा वास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्र्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री वोक्साबोक्सी स्नानका लागि आउँछन । करिब ८ बर्षदेखि यसरी नै पुर्णिमाको स्नान गर्छु, स्नानले मनमा शान्ति, घरपरिबार सुखि राख्नुको साथै देबिदेबताले रक्षा गर्छन्, भुतप्रेत लाग्ने ब्यक्तिको स्थानले निको हुने र दुखकष्ट कमलामा बग्ने मान्यता रहेको झाक्री झबु गोईतको भनाई रहेको छ । 

आजको दिन स्नान गर्नाले देबिदेबताको बन्धन हुन्छन, घरपरिबार, संतान सुखि रहन्छन र भुतप्रेत निको हुने कात्र्तिक पूर्णिमाका दिन कमला गंगा लगायतका पवित्र नदीमा नयाँ भगता जसको जीउमाथि प्रथम पटक देउताको बास स्थायी हुने र भगताको गुण तथा तन्त्रशक्ति चल्ने विश्वास धामीझाँक्रीको छ । तन्त्रशास्त्र अनुसार तन्त्रसिद्धिका लागि कात्तिक पूर्णिमाका किन पूर्णहुति दिँदा तन्त्रविधा सिद्ध हुने मान्यता रहेको अर्का झाँक्री जगरनाथ साहले बताए । 

विजया दशमीको आगमनसँगै धामीझाँक्री बोक्साबोक्सी सक्रिय हुन्छन् । आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सर्वाेत्तम मानिन्छ । उनीहरुले देवीदेवताको बास स्थायी होस् भनेर आ–आफनो घरबाट आहुत बोकेर कात्र्तिक पूर्णिमाको विहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन । 

सिरहाको साथै, महोत्तरी, धनुषा, सर्लाही, सप्तरी, बारा,  पर्सा, सुनसरी, मोरङ र सिमाबर्ती भारतबाट हजारौ लावालस्करका साथ काम्दै उफ्रदै घण्टौ–घण्टाको बाटो पैदल गई स्थान र तन्त्रमन्त्र गरेको दृश्य देखिन्थ्यो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान