२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कमला नदीमा भूतमेला तन्त्रमन्त्र गर्न धामीझाक्रीको घुइँचो (फोटोफिचर)

२०७५, ७ मंसिर शुक्रबार ०९:०१

राम नारायण पंडित । सिरहा ७, मंसिर । सिरहा र धनुषाको सिमाना भएर वग्ने कमला नदीमा सूर्योदयसँगै आज हजारौँ नव धामीझाँक्री वोक्सावोक्सी पवित्र जलमा डुबुल्की लगाए । हजारौ स्त्री पुरुष दुवैपट्टिका नदीका किनारमा भगता (देउता) खेलिरहेका थिए भने प्रत्येक भगतासँग समुहमा रहेका  ब्यक्तिहरुले भगतालाई प्रश्न गर्नुको साथै गीत (भगैत) गाउनमा व्यस्त रहेका थिए ।

आज बिहानै देखि कमला नदीको दृश्य रोमाञ्चक देखिन्थ्यो । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै थिए । तिनीहरु आफ्नो तन्त्रमन्त्रलाई सिद्ध गर्नका लागि आज पुर्णिमाको अबसरमा कमला नदिमा डुबुल्की मार्न आएका थिए । नदीमा धामीझाँक्री आफ्नो तन्त्रमन्त्र सिद्ध गर्न र बोक्साबोक्सी तथा भूतप्रेतबाट पीडितहरुले भय उत्पन्न हुने गरी कर्कश स्वरमा चिच्याउँदै गोसाई  (देउता) खेल्दै थिए । 


आफनो शरीरमा वास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीवासका लागि कात्र्तिक पूर्णिमा स्नान गर्ने ती नवधामीझाँक्री वोक्साबोक्सी स्नानका लागि आउँछन । करिब ८ बर्षदेखि यसरी नै पुर्णिमाको स्नान गर्छु, स्नानले मनमा शान्ति, घरपरिबार सुखि राख्नुको साथै देबिदेबताले रक्षा गर्छन्, भुतप्रेत लाग्ने ब्यक्तिको स्थानले निको हुने र दुखकष्ट कमलामा बग्ने मान्यता रहेको झाक्री झबु गोईतको भनाई रहेको छ । 

आजको दिन स्नान गर्नाले देबिदेबताको बन्धन हुन्छन, घरपरिबार, संतान सुखि रहन्छन र भुतप्रेत निको हुने कात्र्तिक पूर्णिमाका दिन कमला गंगा लगायतका पवित्र नदीमा नयाँ भगता जसको जीउमाथि प्रथम पटक देउताको बास स्थायी हुने र भगताको गुण तथा तन्त्रशक्ति चल्ने विश्वास धामीझाँक्रीको छ । तन्त्रशास्त्र अनुसार तन्त्रसिद्धिका लागि कात्तिक पूर्णिमाका किन पूर्णहुति दिँदा तन्त्रविधा सिद्ध हुने मान्यता रहेको अर्का झाँक्री जगरनाथ साहले बताए । 

विजया दशमीको आगमनसँगै धामीझाँक्री बोक्साबोक्सी सक्रिय हुन्छन् । आश्विन अमावस्यालाई तन्त्र सिद्धिका लागि सर्वाेत्तम मानिन्छ । उनीहरुले देवीदेवताको बास स्थायी होस् भनेर आ–आफनो घरबाट आहुत बोकेर कात्र्तिक पूर्णिमाको विहान कमला नदी र अन्य पवित्र नदीमा स्नान गर्छन । 

सिरहाको साथै, महोत्तरी, धनुषा, सर्लाही, सप्तरी, बारा,  पर्सा, सुनसरी, मोरङ र सिमाबर्ती भारतबाट हजारौ लावालस्करका साथ काम्दै उफ्रदै घण्टौ–घण्टाको बाटो पैदल गई स्थान र तन्त्रमन्त्र गरेको दृश्य देखिन्थ्यो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस