२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

बसपार्कको लगानी बालुवामा पानी

८ मंसिर २०७५, शनिबार ०५:४४

मङ्सिर ८, भोजपुर | निर्माणाधीन भोजपुर बसपार्क अलपत्र बन्दा लाखाँैको लगानी बालुवामा पानी जस्तै भएको छ । पाँच वर्ष अगाडि भोजपुर सदरमुकाम नजिकै निर्माण थालिएको उक्त बसपार्क अलपत्र बनेको हो । भोजपुर नगरपालिका–७ मा निर्माण थालिएको बसपार्कलाई निरन्तरता नदिँइदा सम्याएको ठाउँ पनि पानीले छियाछिया बनाएको छ भने ठाउँठाउँमा लगाएको पर्खालसमेत भत्किएका छन् । त्यस्तै शौचालय तथा अन्य संरचना पनि जीर्ण बनेका छन् । अहिले निर्माणस्थल झाडीमा परिणत भएको छ भने थोरै रहेको खाली ठाउँमा पनि सामग्री भण्डार गर्ने स्थल बनेको छ तर स्थानीय तहका जनप्रतिनिधि भने निर्माण कार्यलाई कस्ले निरन्तरण दिने भन्ने विषयमा अलमलमा रहेको बताउँछन् । 

वडा नं ७ का अध्यक्षले भन्नुभयो, “यो निर्माणमा करीब रु ४० लाख खर्च भइसकेको छ तर स्थानीय तह कार्यान्वनमा आएपछि स्थानीय सरकार वा कस्ले काम गर्ने भन्ने अन्योल छ ।” शुरुमा कोदार भौतिक पूर्वाधार समितिले निर्माणको जिम्मा लिएर रु २० लाख खर्च गरेको र अर्को पटक आरएनआर निर्माण सेवा प्रालिले पनि रु २० लाख लिएर काम गरेर छोडेको उहाँले जानकारी दिनुभयो । स्थानीय तहले तगत वर्ष केही रकम विनियोजन गरे पनि यस वर्ष भने रकम रकम विनियोजन नगरेको वडाध्यक्ष तामाङले बताउनुभयो । 

करीब पाँच रोपनी जमीनमा निर्माण थालिएको बसपार्कमा शुरुमा सुरक्षा नभएको तथा अपायक परेको भन्दै व्यवसायीले बस लगेका थिएनन् । त्यसपछि लामो समयसम्म निर्माण कार्यमा चासो नदिइँदा समस्या भएको हो । बसपार्क विविध कारणले अन्यत्र सार्नुपर्ने बाध्यता रहेको भनाइ बस व्यवसायीको थियो । 

यातयात इञ्चार्ज महेश राईले भन्नुभयो, “हामीले शुरुमा सुरक्षाका कारण बस नलगेका हौँ तर अहिले जीर्ण बसपार्कलाई स्तरोन्नति गरेर सुरक्षाको प्रत्याभूति दिए हामी बस लैजान तयार छौँ ।” बसपार्क निर्माणमा ढिलाइ हुँदा यातयात व्यवस्थापनमा समस्या हुने गरेको व्यवसायीको गुनासो थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान