२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

हातेमालो गर्दै हिंसाप्रभावित महिला

९ मंसिर २०७५, आईतवार ०८:५६

मङ्सिर ९, घोराही (रासस) | घोराही–१८ की सरस्वती खत्री, घोराही–९ की डिला चौधरी, तुलसीपुरकी दीपा बस्नेत, देउखुरीकी पिङ्की सिंहलगायतका महिला अहिले एकै ठाउँमा बस्छन् । आफ्ना आफन्त, घरपरिवारबाट अपहेलना, दुव्र्यवहार, यातना सहन नसेकेर घरबाट निस्कन बाध्य उनीहरु अहिले एकैथलोमा बसेर सामूहिक व्यवसाय गरिरहेका छन् । 

नेपाल महिला सामुदायिक केन्द्रकी विमला योगीले दिएको चार कठ्ठा जग्गा र सानो घरमा उनीहरुको गुजारा चलिरहेको छ । उनीहरुले त्यहाँ बस्ने र खानेमात्रै गर्दैनन्, सामूहिक रूपमा कुखुरापालन, बाख्रापालन र च्याउखेती गरिरहेका छन् । त्यहीबाट हुने आम्दानी उनीहरुको रोजीरोटीको माध्यम बनेको छ । 

उनीहरु त्यसरी सामूहिक रूपमा बस्न थालेको करीब ६ वर्ष नाघिसक्यो । हिंसा प्रभावितको क्षेत्रमा काम गर्ने सङ्घसंस्था होस् वा सरकारी सेवा केन्द्रमा, लामो समयसम्म बस्न नपाउने व्यवस्था भएपछि उनीहरू सामूहिक रूपमा बसेर व्यवसाय गर्न थालेको हुन् । पूर्व हिंसापीडित महिला रचना सुवेदीको पहलमा यो सम्भव भएको हो । उहाँले नै हिंसापीडित महिलालाई यसरी एकीकृत गर्नुभएको हो । अहिले उनीहरुले त्यसलाई ‘सक्षम महिला सामुदायिक संस्था’ भन्ने नामसमेत दिएका छन् । 

जहाँ हिंसापीडित महिलाले व्यवसायसँगै सिलाइ सिकाइ, हाते बुनाइ पनि सिकिरहेका संस्थाकी प्रमुख सुवेदीले बताउनुभयो । “अघिको जीवन जे जस्तो भए पनि पछिको जीवन राम्रो हुन्छ कि भन्ने कल्पना गरेर शुरुआत गरेका हौँ ।” उहाँले भन्नुभयो, “हामीसँग पैसा छैन, ऋण गरेर काम थालेका छौं,  सफलता असफलता समयले बताउनेछ ।” अहिले उनीहरुको कुखुरा फार्ममा दैनिक तीनदेखि चार क्यारेट लोकल अण्डा उत्पादन भइरहेका र एउटा कोठाभरि च्याउ उत्पादन भइरहको छ । यसैगरी १५ स्थानीय जातका बाख्रा पनि उनीहरुले पालेका छन् । 

विसं २०६९ मा हिंसापीडित महिला एकजुट भएपछि जन्मिएको सक्षम महिला सामुदायिक संस्था अहिले थुप्रै  पीडित महिलालाई पीडा भुलाउने  बाटो बनेको छ । एकअर्का को दुःख, सुख सुनाउने  थलो  अहिले आत्मनिर्भरको बाटोतर्फ अगाडि बढेको छ । सामूहिक रूपमा काम गर्दा एक्लोपन हट्ने, सङ्घर्ष गर्ने हिम्मत आउने, एकअर्काको सहयोगले हौसला थपिदै गएको उनीहरु बताउँछन् । 

सात वर्षको  अन्तरालमा हिंसा प्रभावित महिला यतिबे ला सक्षम भएका छन् । अहिले हाते  हो जियारी मे शिनबाट कपडा बुन्ने  उद्यो ग सञ्चालन गरे का छन् । के ही महिला कृृषिमा संलग्न छन् । के ही साना व्यवसायको  बाटो बाट आयआर्जन गरिरहेका छन् । कुनै  महिला हिंसामा परे  पुनःस्थापना गृहमा राख्ने  र उनीहरुलाई आयआर्जनका निम्ति सीप विकासका तालीम वा कृषि र पशुपालनतिर प्रे रित गर्ने  सो चले  उक्त संस्था स्थापना गरिएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ