Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 25, 2018 इलाम - ILM, समाज

पूर्वसचिवद्वारा पत्रकार आपत्कालीन कोषलाई १० हजार प्रदान

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर ९, मङ्गलबारे (रासस) | नेपाल पत्रकार महासङ्घ इलाम शाखाले स्थापना गरेको पत्रकार आपत्कालीन राहत कोषमा शाखाका पूर्वसचिव बुद्धवीर राईले रु १० हजार सहयोग प्रदान गर्नुभएको छ ।<br></p><p>रोजगारीका लागि दक्षिण कोरिया जानुभएका राईले शाखाकी अध्यक्ष कोकिला ढकाललाई रु १० हजारको चेक प्रदान गर्नुभएको हो । रु ५० हजारबाट महासङ्घले एक महीनाअघि देखि सञ्चालन गरेको आपत्कालीन कोषमा अहिले ७० हजारभन्दा बढी पुगेको छ । उक्त कोषमा विभिन्न दाताले रकम प्रदान गरिरहेको महासङ्घका अध्यक्ष ढकालले जानकारी दिनुभयो ।&nbsp;</p><p>जिल्लामा कार्यरत पत्रकारहरुलाई आपत्कालीन अवस्थामा सहयोग गर्न कोष स्थापना गरिएको हो ।&nbsp;</p>