2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा मानव अधिकारका घटनामा बृद्धि

नन्द बहादुर रोकाया | मंसिर ९, मुगु | अघिल्लो वर्ष भन्दा सन २०१९ को नोभेम्बर सम्म जिल्लामा मानव अधिकारका घटनामा वृद्धि भएको पाईएको छ । अनौपचारिक सेवा केन्द्र ईन्सेकको बर्ष पुस्तक समिक्षा कार्यक्रम सार्वजनिक गरिएको प्रतिवेदनले त्यस्तो देखाएको हो । 

अघिल्लो वर्षको यहि अवधीसम्म जिल्लाभरमा १९ वटा मानव अधिकार उलंग्घनका घटना घटेकोमा यो वर्षमा हालसम्म २५ वटा मानव अधिकार उलंघन भएका ईन्सेक मुगुका प्रतिनिधी जीवन सेजुवालले जनाकारी दिनुभयो ।  २५ वटा मानव अधिकारका घटना मध्य महिला हिंसाका घटना मात्र आठ वटा रहेको  कार्यक्रममा जानकारी गराईएको थियो । प्रतिवेदन समिक्षा कार्यक्रममा सहभागि कर्णाली प्रदेशका सभासद दानसिंह परियारले देशको केन्द्रीय स्तरसम्म जिल्लाका कुनै राजनीतिक दल र तिनका नेताहरुको पहुँच पुग्न नसक्दा मुगाली जनताले पाउनु पर्ने न्युनतम सेवा सुविधाबाट बञ्चित हुने अवस्था आएको बताउनुभयो । राज्य बाट प्रवाह हुने सवै सेवा सुविधा निश्चित व्यक्तिले मात्र प्रयोग तथा उपभोग गर्दा नागरिकले पाउनु पर्ने सेवा सुविधाको अधिकारबाट बञ्चित हुनु परेको उहँको भनाई छ ।

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मुगुमा मात्र नभएर कर्णालीमा नै सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, राजनैतिक क्षेत्रमा मानव अधिकारको उलंग्घन भएको बताउनुभयो । जिल्लामा बाल विवाह , बहु विवाह, घरेलु हिंसाले प्रसय पाउदै गएकाले  जिल्लाको मानव अधिकारको क्षेत्रमा सन्तोष गर्ने अवस्था नभएको उनले बताउनुभयो । जिल्लाभरमा महिला हिंसा, घरेलु हिंसा, बाल श्रम लगायतका धेरै क्षेत्रमा मानव अधिकारको उलंघन हुने भए पनि कानुनी उपचार दिनु भन्दा परिवार र समाजले गाउँमा नै मिलाउने गरेका कारण अझै अधिकाँश घटना बाहिर आउन नसकेको सहभागिले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ