2026-10-04 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

ईलामको गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल परीक्षण

मङ्सिर १०, फिक्कल (रासस) | इलाम, देउमाई नगरपालिकास्थित गुफाथुम्कीबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । 

पर्यटन व्यवसायी तथा प्याराग्लाइडिङ बाङचु शेर्पाले बिहान ११ बजे गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल उडान गर्नुभएको हो । 

गुफाथुम्कीबाट उडाइएको प्याराग्लाइडिङ गुम्बाडाँडामा अवतरण गराइएको देउमाई नगरपालिका–४ का वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्रको प्रवद्र्धन र बढी पर्यटन भित्र्याउने कार्यमा यस अभियानले सार्थकता पाउने उहाँको भनाइ छ । 

यसअघि शेर्पाले इलाम र पाँचथरका विभिन्न डाँडामा समेत सम्भावना उडान गरिसकेको बताउनुभयो । देउमाई नगरपालिकाको गुफाथुम्की र सिद्धिथुमकाबाट प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरिएको वडाध्यक्ष बाँस्तोलाले बताउनुभयो । गुफाथुम्कीबाट सफल भएको प्याराग्लाइडिङ अब सिद्धिथुम्काबाट पनि परीक्षण गरिने जनाइएको छ । 

देउमाई नगरपालिकाका प्रमुख सूर्य पोखरेलले प्याराग्लाइडिङले यस क्षेत्रमा धेरै पर्यटक भित्रिने भएकाले यसमा नगरपालिकाले सक्दो सहयोग गरिने बताउँदै पर्यटन व्यवसायीलाई सृजनशील र नयाँ व्यवसायको खोजी गर्न पनि सल्लाह दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर