पढ्न करिब 1 मिनेट लाग्छ
<p>मङ्सिर ११, ओखलढुंगा | ओखलढुंगामा विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ, भने ४ जना घाइते भएका छन् | जिल्लाको खिजीदेम्वा गाउँपालिका ८ का ग्यालु शेर्पाको ४ वर्षीया छोरी निमायाङ्जी शेर्पाको ज्यान गएको छ । घरमा सुकाएर राखेको च्याउ पोलेर खाँदा बिरामी परेकी बालिकाका सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ |<br></p><p>त्यस्तै च्याउ खाएर ग्यालु शेर्पा, उहाँकी पत्नी लकी शेर्पा र ७ वर्षीय छोरो पासाङ शेर्पा बिरामी परेका छन् । घाइते मध्ये ग्यालु शेर्पाको अवस्था गम्भीर रहेको छ । त्यस्तै ग्यालु शेर्पाकी भतिजी ७ वर्षकी पोसी शेर्पा पनि बिरामी परेकी छिन् । </p>

