२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

बाँदरका कारण बस्ती नै विस्थापित

२०७५, ११ मंसिर मंगलवार ०८:५०

मङ्सिर ११, भोजपुर | बाँदरको आतङ्क बढेपछि भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका स्थानीयबासी समस्यामा परेका छन् । 

बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका छन् । बाँदरले बस्तीमा पसेर दुःख दिन थालेपछि गाउँका तल्लो भेगका करीब आठदेखि दश घर परिवारले गाउँ नै छाडेका छन् । 

विगतका वर्षमा कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरिनै बाँदरको आतङ्क बढेको स्थानीय टेकबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “तल्लो भेगका मानिस अन्यत्र गएपछि अहिले हामीलाई समेत समस्या भएको छ, परिवारका एकदेखि दुई जनाले बाँदर हेर्दैमा दिन बित्ने गरेको छ ।” 

यतिबेला बाँदर मकैको थाग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयवासीले स–साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । सरकारले बाँदरलाई मार्न नदिएपछि झनैं समस्या भएको स्थानीयबासीको गुनासो छ । 

सोही ठाउँका तीर्थबहादुर प्रधानले भन्नुभयो, “बाँदरको उपद्रो बढ्दो छ, एक घण्टामात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ, यसबाट यहाँको बस्ती नै आतङ्कित बनेको छ ।” 

उहाँले बाँदर नियन्त्रण गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । “खोइ सरकारले बाँदर मार्नु हुन्न भन्ने कानून ल्याएको छ रे, यो उपद्रो हेर्दा सरकारले नै बाँदर नियन्त्रणमा पहल गर्नुपर्छ”, प्रधानले भन्नुभयो । बाँदर आतङ्कका कारण धेरै स्थानीयबासी बसाइँ सरिसकेको छ । यसरी बसाइँ सर्ने हो भने गाउँनै खाली हुने सम्भावना रहेकाले यसको नियन्त्रणका लागि प्रभावकारी योजना बनाएर काम गर्ने वडा नम्बर ४ का अध्यक्ष फौदसिंह कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँदर आतङ्कको विषय वडा कार्यालयमा पनि आइरहेको छ, यसको समाधानका लागि गाउँपालिकासँग छलफल गरेर काम अगाडि बढाउछु ।” बाँदरकै कारण बसाइँ सर्दा दिनानुदिन खेतीयोग्य जमीन बाजिँदै गएको पनि छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू