१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

बाँदरका कारण बस्ती नै विस्थापित

११ मंसिर २०७५, मंगलवार ०८:५०

मङ्सिर ११, भोजपुर | बाँदरको आतङ्क बढेपछि भोजपुर रामप्रसाद राई गाउँपालिका–४ दलगाउँका स्थानीयबासी समस्यामा परेका छन् । 

बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका छन् । बाँदरले बस्तीमा पसेर दुःख दिन थालेपछि गाउँका तल्लो भेगका करीब आठदेखि दश घर परिवारले गाउँ नै छाडेका छन् । 

विगतका वर्षमा कमै मात्रामा बाँदर लाग्ने गरेको भए पनि पछिल्लो समय तल्लो भेगका मानिस अन्यत्र गएपछि गाउँभरिनै बाँदरको आतङ्क बढेको स्थानीय टेकबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “तल्लो भेगका मानिस अन्यत्र गएपछि अहिले हामीलाई समेत समस्या भएको छ, परिवारका एकदेखि दुई जनाले बाँदर हेर्दैमा दिन बित्ने गरेको छ ।” 

यतिबेला बाँदर मकैको थाग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन् । स्थानीयवासीले स–साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन् । सरकारले बाँदरलाई मार्न नदिएपछि झनैं समस्या भएको स्थानीयबासीको गुनासो छ । 

सोही ठाउँका तीर्थबहादुर प्रधानले भन्नुभयो, “बाँदरको उपद्रो बढ्दो छ, एक घण्टामात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ, यसबाट यहाँको बस्ती नै आतङ्कित बनेको छ ।” 

उहाँले बाँदर नियन्त्रण गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । “खोइ सरकारले बाँदर मार्नु हुन्न भन्ने कानून ल्याएको छ रे, यो उपद्रो हेर्दा सरकारले नै बाँदर नियन्त्रणमा पहल गर्नुपर्छ”, प्रधानले भन्नुभयो । बाँदर आतङ्कका कारण धेरै स्थानीयबासी बसाइँ सरिसकेको छ । यसरी बसाइँ सर्ने हो भने गाउँनै खाली हुने सम्भावना रहेकाले यसको नियन्त्रणका लागि प्रभावकारी योजना बनाएर काम गर्ने वडा नम्बर ४ का अध्यक्ष फौदसिंह कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँदर आतङ्कको विषय वडा कार्यालयमा पनि आइरहेको छ, यसको समाधानका लागि गाउँपालिकासँग छलफल गरेर काम अगाडि बढाउछु ।” बाँदरकै कारण बसाइँ सर्दा दिनानुदिन खेतीयोग्य जमीन बाजिँदै गएको पनि छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद दश शय्याको अस्पताल भवन धमाधम निर्माण हुँदै मध्यपहाडी लोकमार्गः हरिचोक–याम्दीखण्ड कालोपत्र गरिँदै कक्षा १२ को परीक्षा वैशाख २१ देखि हुने जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए कक्षा १२ को परीक्षा स्थगित, भोलिमात्रै नयाँ तालिका सार्वजनिक गर्ने आगामी २० वैशाखदेखि एनआरएनएको एकता महाधिवेशन, केसी पक्षबिरुद्ध सर्वोच्चमा उजुरी (भिडियो) स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नुपर्दैन : प्रधानमन्त्री विष सेवनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु, आमा सिकिस्त स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई सम्मान ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन ‘सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त’ जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली नेप्से परिसूचकमा नौ दशमलव ९६ अङ्कको गिरावट प्रधानमन्त्रीबाट कम्युनिष्ट योद्धा सम्मान प्रदान सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने