२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महिला हिंसा विरुद्ध अभियान सफल बनाउन मिर्चैयामा प्रभातफेरी

११ मंसिर २०७५, मंगलवार १४:०७

राम नारायण पंडित | मङ्सिर ११, सिरहा | महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान देशभर जारी रहेको छ । सबै प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान आइबारदेखि सुरु भएको हो । अभियानलाई सफल बनाउन सोमबार मिर्चैयामा प्रभातफेरी सम्पन्न गरिएको छ ।


“लैगिंक हिंसा र दूव्र्यवहार: छैन हामीलाई स्वीकार” भन्ने नाराका साथ ईलाका प्रहरी कार्यालय मिर्चैयाको परिसरबाट निकालिएको प्रभातफेरी स्थानिय कटारी चौक हुदै नगरको बिभिन्न भागको परिक्रमा गर्दै नगरपालिकाको परिसरमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै मिर्चैय नगरपालिकाका मेयर श्रबण कुमार यादबले महिला विरुद्ध हुने सबै खालका हिंसा अन्त्यको लागि शिक्षा र चेतना फैलाउनु आवश्यकता रहेको बताएका छन् । महिलालाई अगाडी बढ्न अवरोध खडा गर्ने परिपाटी परिवर्तन गरी भेदभावमुक्त समाज निर्माण गर्नेतर्फ सबैलाई क्रियाशील हुनुपर्ने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नाबय उपरिक्षक सुकदेव खनालले बताए । अभियान मंसिर २४ गतेसम्म संचालन हुनेछ ।


मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, बिभिन्न बडाका बडाअयक्ष, अन्तरपाटी महिला संजाल सिरहाका अध्यक्ष चन्द्रकला साह, कोषाध्यक्ष रेणु शर्मा, दलित महिला संघका जिल्ला अध्यक्ष शान्ति पासमान, क्रियाशिल महिला पत्रकार संजाल प्रदेश नं २ का संयोजक निर्माला दहाल लगायतका उपस्थित रहेको थियो ।

अन्तरपाटी महिला संजाल, मिर्चैया नगरपालिका र ईलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त आयोजना तथा दलित महिला संघ, समुदाय–प्रहरी साझदारी सेल मिर्चैया र क्रियाशिल महिला पत्रकार संजाल सिरहाको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान