२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मलाका दिदीबहिनी त्रासले सुत्दैनन् घरमा

२०७५, १३ मंसिर बिहीबार ०२:५८

मंसिर १३, कञ्चनपुर । टिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन्। एकैछिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन्। बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका दिदीबहिनी निरास देखिन्थे।

‘आमा र बुबा काठमाडाैं गएपछि हामी दुई दिदीबहिनी मात्र घरमा छौं’, दबेको स्वरमा मनीषाले भनिन्, ‘त्रासले घरमा सुत्न सक्तैनौं।’ दिउँसो उज्यालोमा त उनीहरूलाई समय बिताउन त्यति कठिन हुँदैन। साँझ अँध्यारो हुन थालेसँगै उनीहरूको मुटुको धड्कन बढ्छ। छिमेकी भाउजू मञ्जु भट्टको घरमा गएर आश्रय लिन्छन्।

‘दिउँसो उज्यालोमा जसोतसो हामी घरमा बसिहाल्छौं’, उनले भनिन्, ‘अँध्यारो भएपछि घरभित्रै डर लाग्छ। भाउजूको घरमा गएर सुत्ने गरेका छौं।’ साँझ ६ बजेतिर उनीहरू मञ्जुकहाँ जान्छन्। राति त्यहीं सुत्छन्।

आमा नहुँदा उनीहरूले राम्रोसँग खाना पनि खाएका छैनन्। ‘आफैं पकाएर खान्छौं। साँझ ढिलो भए खाना बनाउँदैनौं’, मनीषाले भनिन्।

‘साँझ यिनीहरूले घरमा पनि खाना बनाउँदैनन्। मैले पकाएर खाऊ भन्दा पनि मन लगाएर खाँदैनन्’, मञ्जुले भनिन्, ‘साँझ ६ बजेतिर मेरो घरमा आउँछन्, आएनन् भने म आफैं खोज्न जान्छु।’ तीन बहिनीमा निर्मलालाई मिठो खाना बनाउन आउने भएकाले आमा यताउता हुँदा उनले पकाउने गरेको मनीषाले बताइन्। ‘बहिनीले खाना पकाउँथी। हामीले पकाउनु पर्दैनथ्यो’, उनले भनिन्, ‘अहिले हामीलाई खाना पकाउन गाह्रो हुने गर्छ।’ बुबालाई सन्चो हुँदैछ छ भनेर आमाले फोन गरेको मनीषाले बताइन्। ‘कहिले घर आउने टुंगो छैन, सन्चो भएपछि मात्र आउँछु भन्नुहुन्थ्यो’, उनले भनिन्। आजको नागरिक दैनिकाम यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ