२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा एघार महीनामा २६ जना बलात्कृत

२०७५, १३ मंसिर बिहीबार ०५:३१

मङ्सिर १३, भक्तपुर | जिल्लामा प्रत्येक महीना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले आयोजना गरेको नेपाल मनवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो । 

इन्सेककी जिल्ला प्रतिनिधि सविना केसीले सन् २०१८ जनावरीदेखि नोभेम्बर २७ सम्म अर्थात् विगत ११ महीनाको अवधिमा भएका हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र अपहरण लगायत घटनाको तथ्याङ्क सार्वजनिक गर्दै सो कुरा बताउनुभएको हो । 

तथ्याङ्कअनुसार ११ महीनाको अवधिमा बलात्कारका घटना २६ मध्ये बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका घटनामा तीन र बाल यौन दुव्र्यवहारमा एक बालिका पीडित भएका थिए । । यसैगरी छ जनाको हत्या हुनाका साथै बहुविवाहको घटनामा नौ र अपहरणको घटना एक बालक पीडित भएका थिए । 

जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले लागूपदार्थ सेवनकर्ताबाट धेरै घटना भएको तथ्य बाहिर अएको बताउँदै गलत सङ्गतले पनि उमेर नपुगेका किशोरकिशोरी दुव्र्यसनमा लाग्ने गरेकाले अपराध बढेको हो भन्नुभयो । 

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले महिला हिंसा मात्रै नभई पछिल्लो समयमा पुरुष हिंसा पनि बढ्दै गएको पाइएको बताउनुभयो । 

महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जिल्लामा बलात्कारको भयावह अवस्था रहेको बताउनुभयो । 

गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष सोम शर्मा (बजगार्इं)ले अपराधका घटना महत्वपूर्ण नभई त्यसको कारण महत्वपूर्ण भएकाले त्यस्ता कारणलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस